डाँगीको शब्दमा ‘सारा खुसी दिन्छु’

म्यूजिक खबर
प्रकाशित: १६ बैशाख २०७३, बिहीबार

गायन क्षेत्रबाट आफ्नो सांगीतिक परिचय खुलाएका गायक अनि सर्जक मधु सुधन डाँगी पछिल्लो समयमा शब्द संकलन तिर ब्यस्त रहेका छन् । बसन्त फिल्मस् प्रा.लि.का सव्रिmय सदस्य रहेका डाँगीले एक बर्षको अन्तरलमा आधा दर्जन जति गितहरुमा शब्द भरीसकेका छन् । पछिल्लो समय व्यस्त बनेका डाँगीको शब्द रहेको लोक तथा दोहोरी गित ‘सारा खुसी दिन्छु’ यतिखेर बजारमा निकै चर्चामा छ । उक्त गीतमा नरेश खातीको लय रहेको छ भने गायक दुर्गा बिसि र गायिका पुर्णकला बि.सि.ले स्वर दिएका छन् । बिक्रम चौहानको निर्देशन रहेको उक्त गीतको भिडियोमा रन्जिता गुरुङ र बुद्धबिरको अभिनय रहेको छ । नबिन घर्ती मगरको सम्पादन रहेको भिडियोलाई मुकेस हुमागाइले छायांकन गरेका हुन् । उक्त गीतलाई बजार ब्यबस्थापन वसन्त फिल्मस् प्रा.लि.ले गरेको छ ।

16042728hh

गायक तथा सर्जक डाँगीले आफ्नै स्वरमा एल्बम बजारमा ल्याउने जमर्को समेत गर्दै छन् । डाँगीकै शब्दमा रहेको अर्को लोक गिति एल्बम ‘जवानिको बेथा’ पनि यसै साता बजारमा आउने तयारीमा रहेको छ । उक्त गीत अमृता लामिछाने र दुर्गा बि.सि.को स्वर दिएका छन।हरि डागीको लय, मधु सुधन डागीको शब्दले सजिएको गीतको भिडियोमा बुद्धबिर र मन्जिता केसिलाई देख्न सकिने छ । उक्त गीतको भिडियोलाई बिक्रम चौहानको निर्देशन, मुकेस हुमागाईको छायांकन तथा नवीन घर्ती मगरले सम्पादन गरेका हुन । यसै साताबाट बजारमा आउन लागेको गीतलाई वसन्त फिल्मस् प्रा.लि.ले बजार ब्यबस्थापनगर्ने भएको हो ।

 भिडियो

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु