डाउनलोड सेन्टरले नै डाउनलोड गर्न रोक्ने

म्यूजिक खबर
प्रकाशित: २३ कार्तिक २०७१, आईतवार

काठमाडौं । काभ्रेको बनेपामा डाउललोड गर्नबाट रोक्नका लागि डाउनलोड सेन्टर नै खुलेको छ । यस संस्थाले गीतहरु पाइरेसी भइरहेको हुँदा डाउनलोड हुनबाट रोक्ने, कपी गर्नेलाई प्रतिलिपी अधिकार ऐन अन्तर्गत मुद्दा चलाउने उद्देश्य लिएको छ । डाउनलोड सेन्टरले नै कसरी डाउनोड गर्नबाट रोक्छ त्यो भने अध्यक्ष नरेन्द्र राज शाहीको कार्यसमितिले काम गरेर नै देखाउनेछ ।
बनेपामा एक कार्यक्रमको आयोजना गरी डाउनलोड सेन्टरलाई संस्थाका अध्यक्ष अध्यक्ष नरेन्द्र राज शाहीले रिवन काटेर उद्घाटन गरेका छन् । संस्थामा उपाध्यक्षमा राजु घिसिङ्, कोषाध्यक्षमा राजु मानन्धर र सचिवमा नवराज चौलागाइँ गरी पाँच जनाको समिति गठन गरिएको छ । गीतसंगीत, फिल्म बिना अनुमति डाउनलोड भइरहेको अवस्थामा डाउनलोड सेन्टरले त्यसलाई कानुनी दायरामा ल्याउने बताएका छन् । त्यस्तै संस्थाको नीतिनियममा बसेर काम गर्नेलाई संस्थाको आधीकारीक गीतसंगीत र नेपाली फिल्म समेत संस्थाले यस ब्यबसायका ब्यक्तिलाइ उपलब्ध गराइ दिने संस्थाका अध्यक्षले सबैमाझ बताएका छन् ।

गीतकार गोविन्द प्रसाद कँडेल लोक रचनाकार गणेश चौलागाइँ गायक शिशीर भुसाललगायतलाई संस्थाले सन्मान समेत गरेको थियो ।

ganesh

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु