डा.बराललाई संगीत सम्मान, ७ पत्रकारलाई संगीत पत्रकारिता पुरस्कार

म्यूजिक खबर
प्रकाशित: २१ कार्तिक २०७३, आईतवार

काठमाडौं । गीत संगीत क्षेत्रको विकास र संगीतकर्मीहरुको सम्मानका लागि स्थापना भएको विन्ध्यवासिनी फाउण्डेसनले हरेक वर्ष जस्तै यस बर्ष पनि विन्ध्यवासिनी सम्मान तथा संगीत साँझ आयोजना गर्ने भएको छ । आगामी कार्तिक २६ गते शुक्रबार दिउँसो साँढे २ बजे राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा भव्य समारोहका बिच हुने कार्यक्रममा गीतकार एवं गजलकार डा.कृष्णहरि बराललाई विन्ध्यवासिनी संगीत सम्मान प्रदान गरिन लागिएको हो भने विभिन्न संचारमाध्यममा कार्यरत रही गीतसंगीतकै क्षेत्रमा क्रियाशील रहेका ७ जना पत्रकारलाई संगीत पत्रकारिता सम्मान प्रदान गरिने भएको छ । गीतकार डा. बरालले गीत रचना मार्फत सांगितीक क्षेत्रको श्रीबृद्धीका लागि पु¥याउनु भएको योगदानको उच्च मूल्यांकन गर्दै ५० हजार १ रुपियाँसहित सम्मान अर्पण गरिने फाउण्डेसनकी अध्यक्ष लीना शर्मा रेग्मीले बताइन् । डा. बराललाई एमआई मोबाइलका तर्फबाट ५० हजार १ रुपियाँ प्रदान गर्न लागिएको हो ।
सोही अवसरमा हरेक वर्ष झैं यस वर्ष पनि पत्रकारिता मार्फत संगीत क्षेत्रको विकास र उन्नतीका लागि योगदान पु¥याउने पत्रकारहरुलाई सम्मान गरिने भएको छ । यस वर्ष जनही नगद ५ हजार रुपियाँ सहित पत्रकारहरु नागरिक दैनिकका सामिप्य तिमल्सेना, स्क्रिन नेपाल डटकमका एमपी सुब्बा, नेपालीको रेडियोका सन्तोष भट्टराई, सेतोपाटी डटकमका अशेष अधिकारी, इमेज टेलिभिजनकी अनुषा पौडेल, कमाण्डर दैनिककी गीता अधिकारी, अभियान टेलिभिजन एवं सिनर्जी एफएमका सुरज पौडेललाई विन्ध्यवासिनी संगीत पत्रकारिता पुरस्कार प्रदान गरिने भएको छ ।

mp-subba-copy

त्यसैगरी सोही कार्यक्रममा सांगितीक क्षेत्रमा क्रियाशील रहँदै आफ्नो जीवनलाई संगीतकै व्यवसायमा समर्पित गरेका पशुपति म्यूजिकका शिव पौडेललाई समेत रकम उपलब्ध गराउने विन्ध्यवासिनी म्यूजिकका प्रबन्ध निर्देशक सुवास रेग्मीले जानकारी दिए । पौडेलको दुबै मृगौलाले काम गर्न छोडी जीवन मरणको दोसाँधमा रहनुपरेको अवस्थामा विन्ध्यवासिनीले मृगौला प्रत्यारोपणका लागि केही भए पनि सहयोग पुग्ने गरी रकम प्रदान गर्न लागेको रेग्मीले बताए । फाउण्डेसनका आजीवन सदस्य र साधारण सदस्यका साथमा शुभेच्छुकहरुबाट प्राप्त १ लाख ५२ हजार ६ शय ७ रुपियाँमा विन्ध्यवासिनी म्युजिक कम्पनीले १ लाख ५८ हजार रुपियाँ थप गरी ३ लाख १० हजार ६ शय ७ रुपियाँ पौडेलको उपचारका लागि हस्तान्तरण गर्न लागिएको विन्ध्यवासिनी म्युजिक कम्पनीका प्रवन्ध निर्देशक रेग्मीले बताए । विगतका वर्षहरुदेखि फाउण्डेसनले यसअघि २०७० सालमा पहिलो कार्यक्रम स्वरुप सत्य स्वरुपराज आचार्य एकल साँझ आयोजना गरी भक्तराज संगीत प्रतिष्ठानलाई १५ लाख रुपियाँ सहयोग उपलब्ध गराएको थियो भने २०७१ सालमा विमल डांगी एकल साँझ आयोजना गरी डोल्पा र स्याङजाका ४ विपन्न तथा अहसाय बालबालिकालाई अध्ययनमा सहयोग पु¥याउंदै आएको छ ।
यसगरी आगामी मंसिर २४ गते शुक्रबार राजधानीको भद्रकाली स्थित आर्मी अफिसर्स क्लबमा आयोजना हुने सातौं संस्करणको विन्ध्यवासिनी म्युजिक अवार्ड २०७३ को कुल ३१ विधाको मनोनयनमा पर्ने संगीतकर्मीहरुलाई प्रमाणपत्रसमेत सोहि कार्यक्रममा प्रदान गरिने भएको छ । उक्त कार्यक्रममा रामकृष्ण ढकाल, प्रमोद खरेल, बद्री पंगेनी, रामचन्द्र काफ्ले , जुनु काफ्ले, मञ्जु पौडेल, अर्पणराज गिरी, रश्मी तामाङ, सुमन सरगम लगायतका गायक गायिकाले आफ्नो विभिन्न गीत संगीतहरु समेत प्रस्तुत गर्ने आयोजकले जानकारी दिएका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु