डी.आर.अटुको अर्को पुर्बेली लोक गीत ”दिक्तेल बजार २” भिडियो सहित

म्यूजिक खबर
प्रकाशित: ३ असार २०७६, मंगलवार

काठमान्डाँै । चर्चित गायक राजेश पायल राईको आवाजमा अर्को पुर्बेली लोक गीत ”दिक्तेल बजार २” गीतको भिडियो सार्वजनिक भएको छ । गीतमा खोटाङ जिल्लाको पर्यटकिय एवम धार्मिक सम्पदाको वर्णन गरिएको छ । गाउँले लोक लयलाई गीतमा समेटिएको छ । मौलिक शब्द तथा मौलिक लय लाई गीतमा समेटिएको छ ।
गुडी जाने रेल,चौबन्दी चोलिले,दिक्तेल बजार,माथी माथी हिमाली भेगमा,स्कुले जीवन,हिडिजाने बटुवा,एक्ले वर,माया हजुर,सोल्टिनी ज्यु जस्ता दर्जनौ चर्चित लोक गीतहरुमा संगीत दिईसकेका चर्चित संगीतकार डि आर अटुको संगीत गीतमा रहेको छ । प्रेम प्रसाद भट्टराईको शब्द तथा राजु कार्किको एरेन्ज गीतमा रहेको छ । आफनी मायालुलाई जिवनभर आफनो माया रहिरने कुरामा गरिएको छ ।

”दिक्तेल बजार २”गीतको पुरा भिडियो हेर्नुहोस ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु