ढोल बजाउँदै अनु र विपिनको जोडी

म्यूजिक खबर
प्रकाशित: ५ मंसिर २०७३, आईतवार

समय अनुसारको बाजा बजाउनु हाम्रो परम्परा हो । यो मंसिरको महिना, कसैले पञ्चेबाजा बजाउँछन् कसैले ढोल । संगीतकार विपिन आचार्य र अभिनेत्री अनु शाह भने यतिबेला ढोल बजाउँदैछन् । उनीहरुको ढोल बजाइले अब धेरैलाई ब्यूँझाएको छ । संगीतको क्षेत्रमा व्यस्त संगीतकार हुन् विपिन आचार्य र चलचित्र अभिनयमा चर्चा बटुलेकी अनुको यो जोडीले ढोल बजाएपछि अब केही हुनेवाला छ ।

anus-shah
गीतिलेखनको क्षेत्रमा आफूलाई व्यस्त बनाएका गीतकार शिव पी. सुवेदीको शब्द रचना रहेको एवम् चर्चित गायिका माण्डवी त्रिपाठीको स्वर रहेको गीत ढोल बज्यो, बज्यो सहनाई बोलको गीतको म्यूजिक भिडियो निर्माण गरिएको छ । चर्चित संगीतकार विपिन आचार्यको संगीत रहेको यस गीतको म्यूजिक भिडियोमा विपिन आफैं मोडलिङ गरेका छन् । चलचित्र मेरो एउटा साथी छ, श्रीमान श्रीमती, इकु ब्याक अगेन, ब्ल्याकमेल, उहिलेको बाजेको पालामा, विरात, माइ ब्रदर, सुन्तलीलाई भगाइ लग्यो झिल्केले लगायत दर्जनभन्दा चलचित्रमा संगीत दिइसकेका विपिनले आधुनिक, पप, लोक र भाषभाषीको गीतहरुमा भने सयौंको संख्यामा संगीत दिइसकेका छन् । त्यस्तै भिडियोमा मोडलिङ गर्दै आइरहेकी अभिनेत्री अनु शाह पनि चलचित्रको क्षेत्रमा दर्जनौं चलचित्रमा अभिनय गरिसकेकी अभिनेत्री हुन् । ढोल बज्यो बोलको गीतमा अनु र विपिनको जोडीलाई राम्रो सुहाएको प्रतिक्रिया मिलेको छ ।

dhol
म्यूजिक भिडियोलाई वसन्त निरौलाले निर्देशन गरेका हुन् भने पवित्रा आचार्यको कोरियोग्राफी रहेको छ । दिव्य सुवेदी र दिनेश वान्तवाको छायाँकन रहेको यस म्यूजिक भिडियो रोमान्टिक शैलीको बनेको बताइएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु