तरकारीवाली कि झुम्कावाली !

म्यूजिक खबर
प्रकाशित: २८ कार्तिक २०७३, आईतवार

अब तरकारीवाली भनेर चर्चा बटुलेकी गोरखाकी कुसुम श्रेष्ठ गायक प्रमोद खरेलको औधी फ्यान रहिछन् । उनी प्राय आधुनिक गीत त्यो पनि गायक प्रमोद खरेलका गीतहरु नै बढी सुन्ने गरेको बताउँछिन् । कुसुमले सबैभन्दा बढी मन पराएको ओइ झुमा झुम्कावली रहेछ । तरकारी सुन्दरीसँग कान्तिपुर टिभीका लागी सुमन खरेलले लिएको अन्र्तवार्तामा पनि प्रमोद खरेलको झुम्कावाली गीत आँफुलाई सबैभन्दा बढी मन पर्ने उनले बताइन् । भनिन् गायक खरेलका सबै गीत संगीत नबिराई सुन्छु । नायिका रेखा थापा र नायक आर्यन सिग्देल उनका मनपर्ने कलाकार हुन् भनेकी छन् । त्यस्तै कान्तिपुरकै साप्ताहिक प्रकाशनमा दिएको अन्तर्वार्तामा पनि उनले गायक प्रमोद खरेललाई मन पराउने र उनकै गीत सुन्ने गरेको बताएकी छिन् ।

kusum-shrestha_pramod
अब यी तरकारीवाली हुन् की झुम्कावाली हुन् किन यति धेरै चर्चामा ल्याइएको छ बुझ्नै कठिन छ । यतिखेर तरकारीवालीको जति चर्चा कसैको पनि छैन होला । एउटा गाउँकी किसान परिवारकी विद्यार्थी आफ्नो समय भएको बेलामा बाबुआमालाई सघाउँदै गर्दा तरकारी बोकेको अवस्थामा कसैले फोटो खिचेर सामाजिक सञ्जालमा पोस्ट गरिदिएपछि चर्चाको शिखरमा पुगिन् । तिनै तरकारीवालीको पछाडि नेपालका मिडिया मात्र होइनन् बीबीसी, इण्डियालगायतका अन्तर्राष्ट्रिय मिडिया पनि पछि लाग्यो । यसो त उनलाई यतिखेर मार्गदर्शकको आवश्यकता छ तर सबैले मोडल, नायिका बनाउने भन्दै ग्ल्यामरको दुनियाँमा प्रवेश गराउनतर्फ उद्दत छन् ।

गोरखाकी १८ वर्षीया सुन्दरी कुशुम श्रेष्ठलाई यतिबेला अन्र्तवार्ता दिन र फोन उठाउन भ्याइनभ्याई छ । गोरखाकी कक्षा ११ मा पढ्ने यि चेली तरकारीवाली स्टाफ नर्स पढ्ने हृदयदेखिकै उनको इच्छा परिवारको आर्थिक अवस्था कमजोर भएका कारण पुरा हुन नसकेपछि उनी हाल चितवनमा कर्मश विषय लिएर पढ्दै छन् । अब यो उमेरमा उनलाई राम्रो अध्ययन गर भन्ने भन्दा पनि ग्ल्यामरवाली बनाउन लागिएको देख्दा सबैलाई अचम्मित बनाएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु