तिजमा सहिमाको रातो साडी

म्यूजिक खबर
प्रकाशित: २४ असार २०७३, शुक्रबार

तिज पर्वको लहरसँगै गायिका सहिमा श्रेष्ठले यस वर्ष ‘म भन्दा नि खुसी भा छ मेरो रातो साडी…’ बोलको तिज गीत तयार पारेकी छिन् । उक्त तिज गीतको छायांकन कार्य पनि सम्पन्न भइसकेको छ । गायिका श्रेष्ठले गत आइतबार धुम्बाराहि पार्टी प्यालेसमा उक्त गीतको भिडियो छायांकन गरेकी हुन् । गीतलाई चलचित्र पत्रकार संघका अध्यक्ष एवं गीतकार शान्ति प्रियले लेखेका हुन् । संगीतकार दीपक शर्माले संगीत भरेको उक्त गीतको एरेन्ज सुदीप सागरले गरेका छन् । भिडियोलाई केही दिनमै बजारमा ल्याउने तयारीमा रहेको गायिका श्रेष्ठले बताएकी छिन् । गीतको भिडियोमा रातोसाडी मै सजिएर महिलाहरुको समुहले सहिमाको गीतमा नाचेकाछन् । यो गीतको भिडियो निर्देशन स्मृती तिमिल्सीनाले गरेकी हुन् । तिमिल्सीनाले यो भन्दा अगाडी पनि गायिका श्रेष्ठकै तीज गीतको भिडियो निर्देशन गरेकी थिईन् । ‘म भन्दा नि खुसी भा छ मेरो रातो साडी…’ बोलको गीतलाई छायांकन शिवराम श्रेष्ठले गरेका हुन् । गायिका श्रेष्ठले केही दिनमै यो गीतलाई बजारमा ल्याउने तयारी भैरहेको बताएकी छिन् ।

Sahima-New-Teej-Song

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु