तिज गीत माइतीको देशले यूट्यूबमा तोड्यो वान डे रेकर्ड ब्रेक

म्यूजिक खबर
प्रकाशित: २० श्रावण २०७३, बिहीबार

काठमाडौं । गीतकार तथा संगीतकार हरि विष्टको तिज गीत माइतीको देशले यूट्यूबको खेती गर्नेहरुका अगाडि ब्रेक तोडेको छ । यूट्यूबमा अपलोड गरेको २४ घन्टाभित्र वान डे ब्रेक तोड्दै ४४००६ दर्शकहरु क्रस गरिसकेको छ । यूट्यूब च्यानल संचालन गर्दै आएका म्यूजिक नेपाल, हाइलाइट्स लगायतका यूट्यूब च्यानलहरुमा नेपाली गीतसंगीतले २४ घन्टाभित्र ३० हजारभन्दा माथि दर्शकहरुले हेरेको रेकर्ड नभएको बताइन्छ । सबैतिरको रेकर्ड बुझ्दा यूट्यूबमा अहिलेसम्मकै रेकर्ड ब्रेक गर्न ‘माइती देश’ देखिएको बताए ।

सम्झना माइतीको भाग २ मा समावेश रहेको ‘माइतीको देश’ बोलको गीत बुधबार बेलुका ६ बजेपछि अपलोड गर्दै एक कार्यक्रममार्फत सार्वजनिक गरेका थिए । विष्टले आफ्नै यूट्यूब च्यानल गंगामाला फिल्म्स् मार्फत गीतलाई अपलोड गरेका हुन् । म्यूजिक नेपाल, हाइलाइट्स् जस्ता सेवाप्रदायक कम्पनीहरुले आफ्नो सस्क्राइब धेरै रहेको भन्दै आए पनि सस्क्राइब बिना पनि दर्शकहरुले यूट्यूब हेर्ने रहेछन् भन्ने कुरा प्रष्ट देखिएको छ विष्टले भने – ‘गीत राम्रो बन्नुपर्ने रहेछ दर्शकले हेर्ने रहेछन् ।’ छोटा लुगा लगाउनेहरुले मेरो गीत यति गयो उति गयो भन्दै चोकमा गफ पिटे पनि आखिर मौलिकतालाई नै सबैले मन पराउँदा रहेछन् भन्ने सन्देश दिएको छ ‘माइतीको देश’ तिज गीतले ।

maitio desh

गीतकार एवं संगीतकार विष्टले आफ्नो गीतले रेकर्ड तोडेको र सामाजिक सञ्जालहरुमा अहिले सबैले वान डे रेकर्ड ब्रेक गरेको भन्दै टाइमलाइनमा सेयर गर्न थालेपछि आफैं दंग परेका छन् । गायिका देवी घर्ती र टीका पुन, निर्देशक शंकर विसी, मोडल दिपासा बिसी, रश्मी तामाङ लगायत प्रत्यक्ष अप्रत्यक्ष सहयोग पु¥याउने सबैलाई धन्यवाद दिँदै विष्टले भने– अबको बजार मौलिकता खोजिरहेको छ भन्ने कुरामा यो गीतले मार्गनिर्देशक गरेको छ ।

यही गीतको म्यूजिक भिडियो सुटिङपछि निर्देशक शंकर बिसीले अबदेखि अश्लिलतामूलक गीतका भिडियोहरु निर्देशन नगर्ने प्रण गरेका छन् । उनले कार्यक्रममा अन्तर्वार्ता दिने क्रममा नै कन्ट्रोभर्सी हुने र नेपाली संस्कृतिलाई नकारात्मक सन्देश दिने काम गर्दिनँ भनेका छन् । तर यही गीतको भिडियो हेरेर आफूलाई जनजातिको महान् नेता भन्ने आङकाजी शेर्पाले भने भिडियोको तल प्रतिक्रिया लेख्दै ‘बाहुनवादी मिडिया र इन्डियामुखी भिडियो’सम्म भन्न पछि परेका छैनन् । तर त्यस गीतमा काम गर्नेहरु भने सबै जनजाति नै रहेको कुरा भने आङकाजीले पत्तै पाएका रहेछन् । यी कस्ता नेता नेपाली संस्कृतिको बारेमा पनि थाहा नहुने र क–कसले भिडियोमा काम गरिरहेका छन् भनेर नबुझ्ने ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु