तितो सत्यमा पूर्णबिराम, मिठो सत्यको प्रतिक्षामा दर्शक

म्यूजिक खबर
प्रकाशित: ३ मंसिर २०७२, बिहीबार

सविता पोखरेल


मंसिर, काठमाण्डौ । आज बिहीबार । लोकप्रिय नेपाली धारबाहिक तितो सत्य प्रसारण हुने दिन । तर विगत १२ वर्ष देखि सुरु भएको बहुचर्चित अनि सर्वाधिक लोकप्रिय हाँस्यव्यंग्य धाराबाहिक ‘तितो सत्य’को प्रसारण आजबाट बन्द हुने पक्का भएको छ । नेपाली राजनीति अस्थिर रहेको बेला र भुकम्प अनि भारतले लगाएको नाकाबन्दीका कारण थिलथिलिएका जनताले पाउनु दुःख पाएको अवस्था छ । यस्तो विषम परिस्थितिमा सँधै पिडित बन्न बाध्य नेपाली जनताले हाँस्नलाई यस्तै हाँस्यंग्याको दृष्यले केहि राहात पाएको महशुष हुन्थ्यो । नेपाली समाजमा हुने सामाजिक तथा सांस्कृतिक विसंगतिप्रति तिखो प्रहार गरेर प्रसारण हुँदै आएको ‘तितो सत्य’ बन्द भएको खबरले दुखी नहुने सायदै होलान नेपाली दर्शक । यतिसम्म कि सिंगो राजनीतिमा भएका तिता घटना अवयवहरुलाई समेत समेटिएर बनाइएका ‘तितो सत्य’ का हरेक भाग दर्शकका लागि महत्वपूर्ण रहे ।
नेपाली मनोरञ्जन क्षेत्रकै नं. १ बन्न सफल धाराबाहिक तितो सत्य बन्द गर्नु पर्ने विभिन्न कारण होलान् यसका निर्माता निर्देशकसँग । तर १२ वर्ष निरन्तर हेरिरह्ँदा पनि कहिल्यै भो अब, कति हेर्नु भन्ने दर्शकलाई भएन । तर पनि निर्देशक तथा कलाकार दिपकराज गिरीले आफ्नो फेसबुक पेजमा स्टाटस  ‘६ सय भागसम्म निरन्तर प्रसारण भइरहेको नेपालकै सबैभन्दा लामो हास्य धाराबाहिक ‘तीतो सत्य’ अब नेपाल टेलिभिजनमा प्रसारण हुने छैन, भविष्यमा पनि फेरि नयाँ सोचका साथ हास्य धाराबाहिक तथा फिल्म निर्माणलाई निरन्तरता दिने नै छौं,’ ’ लेखेर पोष्ट गरेका छन् ।
नव कलाकार भएर अनि पाहुना कलाकार भएर ‘तितो सत्य’मा भित्रिएका अनगिन्ति कलकार छन् नेपाली रजत क्षेत्रमा स्थापित कलकारको ठाउँ ओगटेका । ‘तितो सत्यले दर्शकलाई मनोरञ्जन मात्र दिएन कि धेरैलाई कलाकार बनाउने काम पनि ग¥यो । यस्तो सफल यात्रा गरेको ‘तितो सत्यमा पूर्णबिराम लाग्नु भलै सो यूनिटमा धेरै तिता अनुभव होलान् तर नेपाली दर्शकमा निराशता आएको छ ।
‘१२ वर्षसम्म तितो सत्य हेर्न बानि परेका दर्शककालागि अब नयाँ विषयमा तथा नयाँ ढंगले केहि लिएर आउनेछौ । आर्थिक संकटबाट गुज्रिनु परेका कारण कलाकार तथा प्राविधिकलाई समयमा पारिश्रमिक दिन नसक्दा उर्जा कम भएकाले पनि कार्यक्रमलाई बन्द गर्नुपरेको हो ।’ दिपक भन्छन्– हामी आफ्नो चीजलाई अत्यन्त राम्रो थियो, भयंकर थियो, हामीले बन्द गर्यौ भन्ने पक्षमा छैन । पछिल्लो समय, हामीमै एक किसिमको शिथिलता आईसकेको थियो । कार्यक्रमको लोकप्रियतामा पनि ह्रास आइसकेको थियो । तर हामीले वाक्क दिक्क चाहिँ पारेका थिएनौं ।’
उनले नयाँ विषयबस्तु नआउने र विभिन्न बाधाहरुबीच दर्शकहरुको चाहनालाई सम्बोधन गर्न नसकिएको स्वीकार गर्दै भनेका छन्, ‘जबरजस्ती कार्यक्रमलाई टिकाइरहनु भन्दा पछाडि हट्नु नै उपयुक्त ठानी यो १२ वर्षे यात्रालाई पूर्णविराम दिने निर्णय गरेका छौं । दीपकराजले भने अबको विश्रामलाई नयाँ कामका लागि गरिएको शक्ति संचयका रुपमा व्याख्या गरेका छन् ।तितो सत्यलाई पूर्णबिराम लगाउने कारण जे भएता पनि जति भएता पनि दिपकले दोष आफू र आफ्नो टिमलाई दिएका छन् । तर दोष आफूले लिएर अब दिपक –दिपाको जोडि नेपाली दर्शकसँगबाट टाढिन पाउने छैन । चलचित्र निर्माणमा हात हालेर सफल पनि भएका यो जोडिले यहि बाटो रोजेर ‘तितो सत्य’लाई समापन गरेको हो भने, यो उचाईमा ह्रास आउने तर्फ सोचे हुन्छ । दिपक–दिपा अनि तितो सत्यको साख जोगाउनु छ भने टेलिभिजन कार्यक्रको सुरुवात गर्नैपर्छ । यस्तैकर्मलाई निरन्तरता दिन सक्नैपर्छ । टेलिभिजनको माध्यमबाट हरेक नेपाली दर्शकाको घरमा पुग्नै पर्छ ।

त्यो बेला ‘कसौटी जिन्दगी कि’ र कौन बनेगा करोडपति जस्ता हिन्दी धाराबाहिक तथा कार्यक्रमहरु हिट थिए। बिहीबार ‘तीतो सत्य’ र ‘कसौटी जिन्दगीकी कि’ को समय एउटै थियो । त्यस्तो वातावरणमा पनि नेपालीले नेपाली टेलिभिजन र नेपाली कार्यक्रम नै हेराउन सफल तितो सत्यको ठूलो उपलब्धि हो । नाफा घाटा, सुख दुःख खै के छ निर्देशक निर्माताहरुमा तर तितो सत्यका दर्शकहरुले पनि दुखका साथ तितो सत्यलाई मिस गर्नेछन् । तितो सत्य भन्दा उत्कृष्ट नयाँ विषयको कार्यक्रम लिएर दिपक दिपालाई फेरि देख्न सबै आतुर छन् ।

Deepakraj_dipa

तितो सत्यका मुख्य कलाकार तथा निर्देशक दिपकराज गिरीले आधिकारीक रुपमा तितो सत्य बन्द भएको घोषा गरिएको स्टाटस यस्तो छ । dipakraj status

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु