‘तिम्रो आँखामा आँसु हेर्न सक्दिनँ म’

म्यूजिक खबर
प्रकाशित: १ चैत्र २०७२, सोमबार

आफ्नो माया गर्ने मान्छेको आँखामा आँसु झरेको हेर्न जोकसैले पनि सक्दैन । आत्मादेखि विश्वासपूर्वक गरिएको माया अमर बन्छ । आफ्नो मन पर्ने मान्छेले गरेका हरेक कुरा राम्रा लाग्छन्, उनको हेराइ होस् या बोली सबै मनपर्छ । खुशीका हरेक क्षण आफ्नै प्रेमिकासँग हुन चाहने व्यक्तिहरुमा पर्छन् गायक मेक्सम खाती । उनको स्वरमा सजिएको गीत ‘तिम्रो आँखामा आँसु हेर्न सक्दिनँ म’ यतिबेला सामाजिक सञ्जाल, रेडियो, टीभीमा राम्रो स्थान ओगट्न सफल छ । मेक्समले गाएको यस गीतलाई उनका दाजु नरेश खातीले शब्द र संगीत सिर्जना गरेका छन् । कामना म्यूजिकबाट बजारमा आएको यो गीतले सबैको मन जित्न सक्ने मेक्समको दाबी छ । गायनमात्र होइन उनले राम्रो अभिनयसमेत गरेका छन् यस गीतमा ।

लोक, आधुनिक शैलीमा आएको गीतलाई फ्यूजन गर्न मन पराउने संगीतकार नरेशले आफ्ना भाइको क्षमतालाई बृद्धि गर्न विभिन्न फ्लेबरमा गीत सिर्जना गर्ने गर्छन् । यसभन्दा पहिला पनि मेक्समको स्वरमा रहेको गीत आइलभ यू बोलको गीतले पनि मेक्समको स्वरको तारिफ भएको थियो । नरेशकै संगीतमा रहेको उक्त गीतले पनि यूट्यूब, रेडियो, टीभीहरुमा राम्रो स्थान ओगट्न सफल भएको थियो ।

meksam khati1
उमेर दुई दशक पार गर्दै गरेका गायक मेक्सम खाती नेपाली सांगीतिक क्षेत्रमा एउटा मिठो स्वर भएका प्रतिभाका रुपमा चिनिन्छिन् । गुरुकुलमा संगीतको शिक्षा लिइरहेका मेक्सम खाती लोकदोहोरीबाट गायनको सुरुवात गरेका भए पनि आधुनिक गायनमा राम्रो क्षमता भएका गायकका रुपमा परिचय स्थापित गर्दैछन् ।

meksam
जन्म लोकदोहोरीबाट भए पनि कर्मलाई फराकिलो बनाउँदै गायक मेक्सम यतिबेला आधुनिक, लोकपप शैलीका गीतहरुमा बढि देखिन थालेका छन् । यसको अर्थमा उनले लोकगीत गाउन छाडेका भने होइनन् तर गायक भएपछि जुनसुकै फ्लेबरका गीतहरु गाउन सक्नुपर्छ भन्ने सोचमा उनी देखिन्छन् । सानै उमेरदेखि संगीतमा लागि परेका मेक्समले आधा दशक संगीत क्षेत्रमा बिताइसकेका छन् । दुई दर्जनको हाराहारीमा गीत गाइसकेका मेक्समको स्वरको तारिफ गर्नेहरु पछिल्लो समय धेरै नै छन् । छुट्टै मिठास बोकेका मेक्सम गीतसंगीतमा सबैभन्दा फरक बन्न खोज्छन् । उनी अरुको पछाडि लागेर कहिल्यै चर्चा कमाउन नसक्ने आफ्नै खुबीले मात्र सांगीतिक क्षेत्रमा चर्चा बटुल्न सकिन्छ भन्ने मान्यता राख्ने गर्छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु