• तिहारमा तीन जनाको सांस्कृतिक भेट

    म्यूजिक खबर
    प्रकाशित: ६ कार्तिक २०७३, शनिबार

    काठमाडौं । गायिकात्रय शर्मिला गुरुङ, शकुन्तला थापा र शिला आले यसपाली तिहारमा एकै ठाउँमा भेला भएका छन् । तिहारमा भएको तीन जनाको भेटले नेपाली लोकदोहोरी गायनमा फेरि नयाँ सन्देश दिएको छ । प्राय गरेर गायक गायिकाहरु आफैंमा प्रतिस्पर्धी सम्झँदै सँगै नहुने पछिल्लो परिस्थिति सिर्जना भइरहेको बेलामा यी पुराना गायिकाहरु एकै ठाउँमा भेला भएर तिहारको गीत गाएका छन् । वर्षै र दिनको तिहार… बोलको गीतमा गायिकात्रय गुरुङ, थापा र आलेको उपस्थिति देखिएको हो ।

    tihar-song
    सांस्कृतिक रुपमा महत्व बोकेको तिहारलाई लक्षित गर्दै गायिकात्रयले एक ठाउँमा उभिएर तिहारको रमझम साटासाट गरेका हुन् । गायिका शिला आले यूएसतिर बस्छिन् भने गायिका शकुन्तला थापा युरोपतिर । गायिका शर्मिला भने नेपालमै गीतसंगीतभित्र नै रमाइरहेकी छिन् । कुनैबेलाका यी तीन गायिकाको चर्चा आ–आफ्नो ठाउँमा उत्तिकै थियो र अहिले पनि यथावत नै छ । उनीहरुको चर्चालाई अब तिहारको गीतले पनि उत्तिकै चर्चा प्रदान गर्ने देखिन्छ । गायिका शर्मिला गुरुङ र शकुन्तला थापाको शब्द संगीतमा रहेको यस गीतमा तीनै जना गायिकाको आवाज रहेको छ । प्रकाश भट्टको निर्देशनमा तयार भएको म्यूजिक भिडियोलाई साकुरा डिजिटलले बजारमा ल्याएको हो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु