तीन वर्षपछि ‘मंगोलियन हर्ट’ को कन्सर्ट

म्यूजिक खबर
प्रकाशित: १२ जेष्ठ २०७३, बुधबार

नामले मंगोलहरुका मात्र मुटु भन्ने अर्थ दिए पनि मंगोलियन हर्टलाई मंगोल इतर समुदायले पनि उत्तिकै मनपराउँछन् । गायक राजु लामाले नेतृत्व गर्ने यो व्यान्ड पहिले जस्तो सक्रिय छैन तर पनि सक्रिय हुँदाताकाका गाएका उनका गीतले यो ब्यान्डलाई बिर्साउन दिएका छैनन् । यिनै राजु लामा आउँदो शनिबार ब्याकअप ब्यान्ड सहित दरबारमार्गस्थित भिक्ट्री लन्जमा गीत गाउन उपस्थित हुने भएका छन् । उनलाई मासिक रुपमा यस्तै कार्यक्रम गर्दै आईरहेको फेम नेपालले प्रस्तुत गर्न लागेको हो ।

raju lama1(1)
राजु लामा करिब तीन वर्षपछि कुनै पनि कन्सर्टमा देखिन लागेका हुन् । उनले तीन वर्षअघि हेटौंडामा आफ्ना गीत सुनाएका थिए । काठमाडौंमा भने कन्सर्टमा नदेखिएको धेरै भयो । पछिल्लो समय अमेरिकामा बस्दै आएका राजुले नेपाल आएको मौका छोपी कन्सर्ट गर्न राजी भएका हुन् । बेलुकी ७ बजेबाट सुरु हुने कार्यक्रममा ब्यान्डले करिब एक दर्जन गीत सुनाउने छ । डिजेहरुको समेत प्रस्तुति रहने कार्यक्रम अर्को दिन बिहानको तीन बजेसम्म चल्नेछ ।

raju lama4
राजु लामाका ‘हल्ला चलेछ’, ‘उँभो उँभो खासा’, ‘तिमीलाई देखेर’, ‘बादल पारिको देशबाट’, ‘सायद तिम्रो बाटोमा’, ‘मेरो नेपाल’,‘ओई नाना, ‘नतानुँत तानुँ लाग्ने’,‘गाजलु टिका’ जस्ता गीत चर्चित छन् । ब्यान्डमा राजु लामा बाहेक बबी लामा, किरण नगरकोटी, सन्तोस थापा,दीपेन्द्रमान सिंह र पवन कपाली सदस्य रहेका छन् । ‘मंगोलियन हर्ट’ले आधा दर्जन एल्बम निकालेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु