थापाको लोक फ्यूजन गीत “फूल खस्यो”

म्यूजिक खबर
प्रकाशित: ६ फाल्गुन २०७१, बुधबार
गायक भुवन सिंह थापाको एकल गीत फूल खस्यो सार्वजनिक भएको छ । नेपालको पश्चिमाञ्चल क्षेत्र वरीपरी गुन्जिने लोक भाकामा नेपाली पुराना मौलिक बाजाहरु तथा आधुनिक बाजाहरुको सम्रिशन गराएर तयार पारीएको लोक फ्यूजन गीत हो “फूल खस्यो “, जस्मा स्वर तथा संगीत भुवन सिंह थापाको अनी शब्द योग मल्ल ठकुरिले दिनु भएको छ ।
         २०५८ सालमा शास्त्रीय संगीतबाट पाइला टेकेर २०६२ सालमा रेडियो नेपालबाट भोईस टेस्ट पास गरेका गायकले उक्त गीत यु-ट्युबमा भने केही महिना पहिलेनै सार्वजनिक गरिसकेका थिए , कृपा द्रिश्य डिजिटलले सार्वजनिक गराएको उक्त गीतको संगीत सम्योजन भने उदय राज पौडेलले गर्नु भएको छ । फूल खस्योको म्युजिक भिडियोमा स्वयम गीतकार योग मल्ल ठकुरी, बिहानि ब्लोन तामाङ र नविन थापाको अभिनय रहेको छ, म्युजिक भिडियोको डाइरेक्सन भने अरुण बरालले गर्नु भएको छ ।
https://www.youtube.com/watch?v=Rp8NdQwuFJg
फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु