थापा र गुरुङलाई अमेरिकाबाट सहयोग

म्यूजिक खबर
प्रकाशित: ८ चैत्र २०७१, आईतवार

काठमाडौं । गायिका तारा थापा र संगीतकार सुक गुरुङलाई अमेरिकामा बसोबास गर्दै आएको नेपाली कलाकारहरुको संगठन नेपाली अमेरिकन कलाकार संघले ५ लाख ९५ हजार नेपाली रुपैयाँ सहयोग गरेको छ । केही समयअघि अमेरिकाको न्यूयोर्कमा आयोजना गरिएको थापा र गुरुङको सहयोगार्थ सांस्कृतिक कार्यक्रमबाट उठेको रकमबाट खर्च कटौती गरी थापा र गुरुङको उपचार खर्चका लागि उक्त सहयोग रकम पठाइएको हो ।
राजधानीमा एक कार्यक्रमको आयोजना संघको संस्थापक अध्यक्ष गौरी मल्ल एवं कार्यक्रमका विशिष्ट अतिथि मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको हातबाट उक्त रकम प्रदान गरिएको हो । कलाकार संघबाट पठाइएको रकमबाट ४० प्रतिशत रकम (२३८००० रुपैयाँ) गायिका तारा थापालाई प्रदान गरिएको थियो भने ६० प्रतिशत रकम (३५७००० रुपैयाँ) संगीतकार एवं गीतकार सुक गुरुङलाई प्रदान गरिएको थियो । थापा र गुरुङलाई नगद रुपैयाँको साथमा सम्मान पनि गरिएको थियो । कार्यक्रममा अमेरिकन कलाकार संघका तर्फबाट अध्यक्ष गम्बू शेर्पाले थापा र गुरुङको सहयोगार्थ आफूहरुले गरेको कार्यक्रमबाट सहयोग पठाइएको बारे बोलेको अडियो प्रसारण गरिएको थियो ।
कटर कटरमा, सयौ थरी बाजा एउटै चाल, फूल झरे पनि काँडा झर्दैनजस्ता मर्मस्पर्शी एवं सदाबहार गीतहरु गाइसकेकी गायिका तारा थापा क्यान्सर रोगबाट पीडित भएकी छन् । कार्यक्रममा उपस्थित भएर गायिका थापाले आफ्नो रोग र त्यसको उपचार बारे प्रष्ट पारेकी थिइन् । त्यस्तै आँखैमा झलझली, छेक्यो छेक्यो देउराली डाँडा, भाइटिकामा भेट्न आउँलालगायत दर्जनौं गीतमा संगीत सफल संगीतकार सुक गुरुङ अहिले मृगौला रोगबाट पीडित बनिरहेका छन् । उनी मधुमेह र सुगरका कारण दुवै आँखा नदेख्ने बनेका छने भने मृगौलाले काम गर्न छाडेको अवस्था भएको गुरुङले कार्यक्रममा बताए ।

musickhabar suman bairagi
कार्यक्रममा विशिष्ठ अतिथि मह जोडीले आफ्नो घरको दुःख सुनाउँदै थापा र गुरुङको शीघ्र स्वास्थ्य लाभको कामना गरे । त्यस्तै गीतकार संघ नेपालका अध्यक्ष योगेन्द्रमणि दाहाल, सांगीतिक संघकी संस्थापक अध्यक्ष मिरा राणा, चलचित्र कलाकार संघका अध्यक्ष नवल खड्कालगायतले पनि कार्यक्रममा सरकारी क्षेत्रबाट पनि सहयोग अपेक्षा गर्दै आफूहरुले सक्दो सहयोग गर्ने प्रतिबद्धताका साथ शीघ्र स्वास्थ्यलाभको कामना गरेका थिए । कार्यक्रममा प्रस्तोता समाजका अध्यक्ष हेमन्त शर्मा, संगीतकार संघ नेपालका अध्यक्ष लक्ष्मण शेष, लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका अध्यक्ष चन्द्र शर्मा लगायतका अतिथिहरुको उपस्थिति रहेको थियो । कार्यक्रम मनोरञ्जनको दुनियाँको साथी सरोज केसीले संचालन गरेका थिए ।

tara thapa suk gurung suk gurung composer saroj kc naaa mira rana maha musickhabar madankrishna shrestha haribansha acharya gauri malla tara thapa_maha jodi

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु