• दरबारमा घरबार बसाउने कुरा

    म्यूजिक खबर
    प्रकाशित: २० भाद्र २०७१, शुक्रबार

    काठमाडौं, २० भाद्र । ढल्क्यो उमेर भइसक्यो ढिला, अब घरबार जोडौं न सुनिला भन्दै आफ्ना मनका कथाहरुलाई गीतमार्फत् दरबारमा घरबार बसाउने कुरा चलिरहँदा साँझको समयका सम्पूर्ण दर्शक स्रोतालाई पनि विगत र वर्तमानमा पु¥याएको थियो । साँझको बेला दरबार रोधी घरमा गायक नेत्र भण्डारी, पीएन सापकोटा, गायिका सुनिला गुरुङ लगायतको दोहोरी सुन्न पाइन्छ । तर त्यो साँझ अझ रोचक बनिरहेको थियो जुन बेला दरबार रोधी घरमा एनीटीभीबाट प्रसारण हुँदै आएको प्रत्यक्ष दोहोरी कार्यक्रमको छायाँकन भइरहेको थियो । राजकुमार रायमाझीले संचालन गर्ने उक्त कार्यक्रममा जिल्लादेखि केन्द्रसम्म कलाकारहरुको उपस्थिति भएर दोहोरी प्रतिस्पर्धा चलेको थियो । कलाकारहरु राजन भुजेल, रामप्रसाद पाठक, कृष्ण स्वर्णकार, सुनिला थापा लगायतका कास्की, स्याङ्जा, गोरखाका कलाकारहरु जम्मा भएका थिए । उनीहरुको प्रतिस्पर्धात्मक दोहोरीलाई साथ दिन चर्चित गायक रामचन्द्र अर्याल, काजीबाबु अर्याललगायतका अन्य अतिथिहरुको सहभागीता थियो । राति अबेरसम्म चलेको उक्त छायाँकनमा दरबार रोधीघरमा धेरै नै घरबार बसाउने कुरा भयो । तर आखिर गीत नै थियो जसले जसलाई लान्छु भने पनि त्यस्तो हुँदैन ।
    एउटा कथाभित्र केन्द्रित रहेर दोहोरी खेल्ने प्रचलन हराउँदै गएको अवस्थामा दोहोरी साँझमा मात्र सीमित हुन थालेको छ । दोहोरीले आफ्नो मौलिकता पस्किने भनिए पनि सुरा र सुन्दरीभित्र नै दोहोरीलाई बेच्ने गरिएको छ । दोहोरी व्यवसायले कुनैबेला राम्रो बजार पाएको थियो तर पछिल्लो समयमा त्यसले थकाइ मार्दै गरेको अवस्था छ । प्रविधिको विकाससँगै नेपाली मौलिकताबाट टाढा हुँदै गएको लोकदोहोरी गीतहरुले गर्दा सोचेजस्तो व्यापार हुन नसकेको हो । तर पनि दरबार रोधीघर जस्तो धेरै दोहोरी साँझहरु राजधानीमा संचालित छन् । दरबार रोधीघरलाई नवीन बुढाथोकीको समूहले संचालन गरेको हो भने जसमा कलाकारहरु मुना थापा, गणेश गुरुङ, पीएन सापकोटा, सुनिला गुरुङ, शिव हमाल, नेत्र भण्डारी लगायतका कलाकारहरुले हरेक साँझ दोहोरीको मज्जा दिँदै आएका छन् ।
    dubar_nepal

     

    darbar

     

    darbar rodhi ghar (5)

     

    rajan bhujel_lumbini

     

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु