दरौंदीको ¥याफ्टिङमै रोमान्स

म्यूजिक खबर
प्रकाशित: २ जेष्ठ २०७३, आईतवार

गोरखा । गोर्खा जिल्लाको मध्यभागबाट बग्ने दरौंदी नदीमा देखिएको दृश्यमा सबै अचम्म परे । त्रिशुलीतिर हुने ¥याफ्टिङभन्दा अलि फरक शैली दरौंदीमा देखियो । रोमान्स गर्ने जोडीहरु अलि गोप्य ठाउँ खोज्दै दरौंदीमा ¥याफ्टिङ गरेको बहनामा रोमान्स गरिएको अवस्था देखेपछि वरिपरि हल्ला फैलिने नै भयो । कलाकारका बनेर चिनिएका हनुमाने र मंगली दरौंदीमा रोमान्स गर्दै गर्दा गोरखाको चोरकाटे वरपरको तापक्रम झन् बढ्दै थियो ।

mangale daraudi
उनीहरुले ¥याफ्टिङको मज्जा मात्र लिएनन्, एक–अर्काबीच चिसो पानी छ्यापेर दरौंदी किनारको प्रचण्ड गर्मीलाई समेत चुनौती दिइरहेका थिए । यो दृश्य शुक्रबार दिउँसोको हो, जहाँ एक गीतको म्युजिक भिडियो सुटिङ हुँदैथियो ।

हो, गायक विकास उप्रेतीको ¥याफ्टिङ चढेर…. बोलको गीतलाई दरौदीमा छायांकन गरिएको हो । गीतको भावनाअनुसार कलाकार बुद्धि तमाङ अर्थात् हास्य टेलिचलचित्र ‘‘मेरी बास्सै’ का हनुमाने र उनकी अनस्क्रिन पत्नी रजनी गुरुङ ‘मंगली’ले ¥याफ्टिङ चढेर मज्जा लिए । उनीहरुलाई आफ्नो माया एक–अर्कामा निस्फिक्री पोख्न निर्देशन गदैथिए, फोटो पत्रकार तथा म्युजिक भिडियो निर्देशक नविनबाबु गुरुङ । छायांकनमा नविनबाबुलाई राजु तामाले साथ दिएका थिए । टेलिचलचित्रका चर्चित पात्र बुद्धि तामाङको यो पहिलो अभिनीत म्युजिक भिडियो पनि हो । रजनीले भने थुप्रै भिडियो तथा गुरुङ भाषा चलचित्रमा अभिनय गरिसकेकी छन् ।

daraudi

नविनबाबुकै निर्देशन र छायांकन रहेको ‘¥यफ्टिङ चढेर…’ गीतको भिडियो शुट गर्न राजधानीबाट एक दर्जनको सुटिङ युनिट शुक्रबार सबेरै दरौंदी किनार पुगेका थिए । स्थानीयका अनुसार दरौदी नदीमा पहिलोपटक ¥याफ्टिङ चलाइएको हो । जुन सुटिङका लागि पु¥याइएको हो । यस गीतको भिडियो दरौंदी किनारका अलावा छेपेटार, चोरकाटेलगायतका स्थानमा छायांकन गरिएको छ ।

mangale ra hanumane

गायक विकास उप्रेती अष्ट्रेलियामा बस्दै आएका छन् । उनको यस गीतलाई किरण भण्डारीले संगीत गरेका हुन्, जो उनी पनि अष्ट्रेलियामै बस्छन् । यो भिडियो एक साता भित्र रिलिज गरिने बताइएको छ ।

daraudi gorkha

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु