‘दर्पण’ नयाँ सन्तानको जन्म भएको छः अधिकारी

म्यूजिक खबर
प्रकाशित: ३० मंसिर २०७३, बिहीबार

मङ्सिर २९, काठमाडौं । कवि तथा गीतकार दिनेश अधिकारीले ‘दर्पण’ एउटा नयाँ सन्तानको जन्म भएको बताएका छन् । द्वन्द्वकालमा दीप दर्पणसँग भएको भेटलाई आजसम्म निरन्तरता दिइरहेको बताउँदै दर्पणको जन्म भएको बताएका थिए । दीप दर्पणका पहिलो एल्बम दर्पणको सार्वजनिक गर्दै अधिकारीले गीतकार दर्पणको लेखनको निरन्तरता अघि बढिरहुन् भन्ने शुभकामना प्रदान गरेका थिए ।
गीतकार दीप दर्पणको आधुनिक गीतिसंग्रह दर्पण सार्वजनिक भएको छ । कवि तथा गीतकार दिनेश अधिकारीको प्रमुख आतिथ्यतामा एल्बम दर्पण सार्वजनिक गरिएको हो । विन्ध्यवासिनी म्यूजिकका संचालक सुवास रेग्मीको सभापतित्वमा भएको उक्त कार्यक्रममा चलचित्र पत्रकार संघका अध्यक्ष शान्तिप्रिय, रोयल्टी संकलन समाजका महासचिव महेश खड्का, संगीतकार राजकुमार बगर, संगीतकार सन्तोष श्रेष्ठ, संगीतकार गायक हरि डाँगी, अभिनेत्री अनु शाह लगायतको आतिथ्यतामा दर्पण एल्बमलाई सार्वजनिक गरिएको हो ।

darpan-1
दर्पण एल्बमका दुई म्यूजिक भिडियोको प्रदर्शनसँगै सुरु गरिएको औपचारिक कार्यक्रमपछि गीतकार दीप दर्पणले आफ्नो गीत लेखनको अनुभवलाई सुनाएका थिए । कार्यक्रमलाई स्वागत मन्तव्य दिँदै गीतकारले उपस्थित सम्पूर्ण अतिथिहरुलाई आभार प्रकट गरेका थिए । त्यस्तै संगीतकार महेश खड्काले एल्बमाथि समीक्षा गर्दै दर्पण एल्बम एउटा संग्रहणीय र श्रवणीय एल्बम भएको बताएका थिए ।
त्यस्तै कार्यक्रमका सभापति विन्ध्यवासिनी म्यूजिकका संचालक सुवास रेग्मीले गीतसंगीतको क्षेत्रमा काम गर्दागर्दै एउटा परिवारका रुपमा दीप दर्पण विन्ध्यवासिनी म्यूजिकका भित्रिएको बताएका थिए । दर्पण एल्बमका माध्यमबाट नभई एउटा पारिवारिक सदस्यका सांगीतिक सिर्जना सार्वजनिक गर्न पाएको खुशी व्यक्त गरेका थिए । सोही अवसरमा रेग्मीले संगीत कला पत्रकार संघका लागि आफ्नो कम्पनीबाट सार्वजनिक हुने प्रत्येक एल्बम विमोचन कार्यक्रमबाट ७ हजार ७ सय ७७ रुपैयाँ कल्याणकारी कोषलाई दिने निर्णय गरेका थिए । गीतसंगीतको क्षेत्रमा क्रियाशील रहर पत्रकारिता गरिरहेका पत्रकारहरुको हकहितका लागि स्थापना भएको संगीत कला पत्रकार संघको कल्याण्कारी कोष निर्माणमा आफ्नो अभियान निरन्तर रहने बताएका थिए ।
दर्पण एल्बमभित्र मैले भन्दा माया गर्ने, फुल्नु भन्दा त, तिमी जुन दिन टाढा, मेरो आँसुसँग, मेरो आँसु झर्दा, लाली गुराँस सुनाखरी, फुल्नु भन्दा त जस्ता गीत समावेश गरिएको छ । जसमा अन्जु पन्त, प्रमोद खरेल, रजिना रिमाल, दीपक लिम्बू, माण्डवी त्रिपाठी, अंकित न्यौपाने, श्रेयसी चेम्जोङको स्वर रहेको छ भने राजकुमार बगर, सन्तोष श्रेष्ठ र हरि डाँगीको संगीत रहेको छ । एल्बमलाई विन्ध्यवासिनी म्यूजिकले बजार प्रबद्र्धन गरेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु