दिनाले ल्याइन् ‘दिना’

म्यूजिक खबर
प्रकाशित: ५ बैशाख २०७३, आईतवार

काठमाडौं । गायिका दिना श्रेष्ठ नेपाली सुगम संगीतको क्षेत्रमा अर्को प्रतिभावानशाली गायिका हुन् । झण्डै एक दशकको सांगितिक यात्राको अनुभव पछि उनले आफ्नो पहिलो गीति एल्बम ‘दिना’ श्रोता माझ पस्केकी हुन् । गायिका दिना श्रेष्ठको एकल स्वरमा समेटिएको एल्बम ‘दिना’ शुक्रबार राजधानीको रकहाउस क्याफेमा एक समारोह बीच लोकार्पण गरियो । बरिष्ठ संगीतकार शिला बहादुर मोक्तानको प्रमुख अतिथ्यतामा सम्पन्न लोकार्पण कार्यक्रममा उद्योग व्यवसायी, कलाकार र पत्रकारहरुको बाक्लो उपस्थिति रहेको थियो । उक्त एल्बममा ६ वटा मिठा भाका संग्रहित छन् ।

dina1

विमोचन गरिएको एल्बममा समावेश गरिएको ६ वटै गीतका रचनाकार बी. आर. रत्न हुन् भने संगीत रिमेश कुमार र डम्बर ढकालले गरेका हुन् । लामो साँघु माथि तौथली शहर…., आकाशै माथि सरर…., किन दुखी बन्छौं…, साथी संगी भन्छन…., बोलका गीत एल्बममा समाविष्ठ छन् । गायिका दिनाले धेरै समय लगाएर एल्बम श्रोता माझ ल्याउन सफल भएको र यसले उनको सांगितीक यात्रामा कासेढुङ्गा सावित हुने भन्ने कुरामा आशावादी रहेको बताइन् ।

dina3

dina4

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु