दिपकको ‘वाइयात लभस्टोरी’ (भिडियोसहित)

म्यूजिक खबर
प्रकाशित: ३ श्रावण २०७२, आईतवार

काठमाडौं । लभ स्टोरी आफैंमा मिठास हुन्छ । सुनौं सुनौं र सन्देशमुलक पनि हुन्छ । तर हाँस्यकलाकार दिपकराज र अभिनेत्री प्रियंका कार्कीमा यो लागू हुन सकेन । यी दुई व्यस्त कलाकारहरुका लागि भने ‘वाइयात लभ स्टोरी’ पो भएछ । तर वास्तविकतामा नभई दिपकराज गिरी र दीपाश्री निरौलाको प्रस्तुतीमा बनेको फिल्म ‘वडा नं. ६’ को एक गीत वाइयात लभस्टोरीको प्रसंग हो । असोज १ गतेलाई प्रदर्शन मिति तोक्दै सार्वजनिक गरिएको उक्त गीतलाई आज तेश्रो दिनमा आइपुग्दा यूटब मार्फत तीस हजार भन्दा बढीले अवलोकन गरिसकेका छन् । शुक्रबार एक कार्यक्रम मार्फत रिलीज गरिएको उक्त गीतलाई गम्भीर बिष्टले कोरियोग्राफ गरेका छन् ।

dipak Priyanka
उज्ज्वल घिमिरे निर्देशित उक्त फिल्मलाई एफडी कम्पनीले काठमाण्डौ बाहिरका लागि मिनिमम ग्यारेन्टी पनि दिइसकेका छन् । कार्यकारी निर्माता निर्मल शर्मा रहेको उक्त फिल्मका मुख्य कलाकारहरु जितु नेपाल, कलाकारहरु जितु नेपाल, सिताराम कट्टेल, केदार घिमिरे यसका निर्माता पनि हुन् । उनीहरुले थोरै लगानी गरेर पनि निर्माता बन्न पाइएको भन्दै रमाइलो गरेका थिए । कार्यक्रममा अभिनेत्री प्रियंका कार्की, अभिनेता दयाहाङ राई पनि उपस्थित थिए । उनीहरुले टेलिभिजिनमा देखिएका कलाकारको टिमसँग काम गर्न पाउँदा खुबै रमाइलो भएको भन्दै फिल्म राम्रो भएको बताए ।

dipakraj giri

‘६ एकान ६’ कै सिक्वैल चलचित्र होलानी त भन्ने जिज्ञासालाई प्रष्ट्याउँदै दिपक भन्छन्– ‘६ एकान ६’ भन्दा सयप्रतिशत भिन्न तरिकाले कथाबस्तुलाई प्रस्तुत गरिएको चलचित्र हो । अभिनय गर्ने पात्र दोहोरिएका छन् तर कथाबस्तु कहीं कतै मिल्दैन । हाँस्य प्रस्तुतीका साथमा सन्देशमूलक कथाबस्तु प्रस्तुत गरिएको चलचित्र हो वडा नं. ६ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु