दिपेन्द्रको नर्थ सीको किनारबाट

म्यूजिक खबर
प्रकाशित: २४ बैशाख २०७१, बुधबार

दिपेन्द्र केसी परदेशमा रहेर नेपाली साहित्यको भण्डारमा योगदान पु¥याउँदै आएका व्यक्ति हुन् । बेल्जियममा बसेर नेपालीपन र नेपाली मनलाई कवितामार्फत् उजागर गर्दै आएका दिपेन्द्र केसीले नर्थ सीको किनारबाट कवितासंग्रह बजारमा ल्याएका छन् । धौलाश्री साप्ताहिक बाग्लुङको सहायक सम्पादक हुँदै कार्यकारी सम्पादक भइसकेका केसीले बेल्जियममा रहेर पनि बेल्जियम दर्पर्णको सम्पादन गरिरहेका छन् । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बेल्जियमको अध्यक्षसमेत रहेका केसीले प्रतिनिधि बेल्जियम डटकम संचालनसमेत गर्दै आएका छन् । यसरी संचारकर्ममा संलग्नता रहँदै आएका केसीले आफूलाई साहित्यमा पनि उत्तिकै दत्तचित्त भएर लगाउँदै आएका छन् । जसको फलस्वरुप उनले नर्थ सीको किनारबाट कवितासंग्रह बजारमा ल्याएका हुन् ।
नर्थ सीको किनारबाट उनको यस कवितासंग्रहमा जीवन भोगाई, परदेशी जीवन र राजनीतिको गन्ध पनि देखिन्छ । उनी एक सशक्त कविका रुपमा देखापरेका छन् । उनको लेखनमा परदेशीएको पीडा होस् वा अयोग्य छापामारको कथा होस् अर्थात् सुकुम्बासी जीवन र मायाप्रेमको निशानी किन नहोस् सबै छरपस्ट भएका छन् । मनहरुलाई राम्रोसँग भावनामा बगाएका छन् कवि दिपेन्द्रले । दिपेन्द्रको नर्थ सीको किनारबाट अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बेल्जियमले प्रकाशनमा ल्याएको हो । साथै उनले आफ्ना हजुरबुबा र हजुरआमाको नाममा एक लाख रुपैयाँको परोपकारी अक्षयकोष खडा गरी समाजेसेवामा लागेका छन् ।

 

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु