दीपक जंगमलाई सरकारको ५ लाख

म्यूजिक खबर
प्रकाशित: २९ माघ २०७०, बुधबार

काठमाडौं, २९ माघ । संगीतकार एवं गीतकार दीपक जंगमलाई गीतकार संघले मंगलबार आफ्नै कार्यालयको हलमा एक कार्यक्रमको आयोजना गरी पाँच लाख रूपैयाँ प्रदान गरेको छ । गीतकार संघको पहलमा नेपाल सरकारबाट प्राप्त भएको आर्थिक सहयोगलाई गीतकार संघले एक कार्यक्रमको आयोजना गरी उक्त रकम हस्तान्तरण गरेको हो । प्रमुख अतिथि वरिष्ठ गीतकार रत्नशमशेर थापा, विशेष अतिथि गीतकार किरण खरेल, अतिथि गीतकार राजेन्द्र थापालगायतको उपस्थितिमा उक्त रकम गीतकार संघका अध्यक्ष योगेन्द्रमणि दाहालले हस्तान्तरण गरेका हुन् ।
विगत लामा समयदेखि विरामी परेर उपचारार्थ रहेका गीतकार एवं संगीतकार दीपक जंगमलाई उक्त आर्थिक सहयोगबाट केही न केही भए पनि उपचारका लागि सहयोग पुग्ने बताइएको छ । कार्यक्रममा संगीतकार दीपक जंगमको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै राज्यले आर्थिक अवस्था कमजोर भएर उपचार गर्न नपाएका सम्पूर्ण स्रष्टाहरूप्रति ध्यान पु¥याउनुपर्ने गीतकार संघका अध्यक्ष योगेन्द्रमणि दाहालले बताए । त्यस्तै गीतकार राजेन्द्र थापाले गीतकारका गीत लाखौंले सुने पनि गीतकार भने सधैं पर्दापछाडि रहनुपरेको कुरा औंल्याएका थिए ।
त्यसैगरी प्रस्तोता समाजका तर्फबाट गायक हेमन्त शर्माले संगीतकर्मी सबै एकजुट भएर अगाडि बढ्नुपर्ने बताएका थिए । यदि स्रष्टाहरू नै एकजुट हुन सकेनौं भने आफ्ना हक अधिकारका लागि कसैले नलडिदिनेमा शर्माले जोड दिएका थिए । कार्यक्रममा संगीतकर्मी तारा थापा, वसन्त वित्यासी थापा, लक्ष्मण शेष, महेश खड्कालगायतको गीतकार संगीतकारहरूको उपस्थिति रहेको थियो ।

geetkar

 

 

geetkar_1

 

geetkar_2

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु