दुई गजलसंग्रह सार्वजनिक

म्यूजिक खबर
प्रकाशित: १३ पुष २०७०, शनिबार

काठमाडौं, १३ पुस । प्रवासमा रहेर नेपाली गीतसंगीत र साहित्यमा क्रियाशील रहँदै आएका बुद्धि मोक्तान, अज्ञात पाल्पाली, प्रेम कौशल र आनन्द भट्टराईको गजल एल्बम ‘गह’ र बुद्धि मोक्तानको गजलसंग्रह ‘फूल्न देऊ मलाई’ सार्वजनिक गरिएको छ । राजधानीमा शनिबार एक कार्यक्रमको आयोजना गरी गजलकार ललिजन रावल, संगीतकार बुलु मुकारुङ, गजलकार रमेश सुवेदीलगायतले संयुक्त रुपमा उक्त गजलसंग्रह सार्वजनिक गरेका हुन् ।
वैदेशिक रोजगारीको सिलसिलामा विदेश पुगेका गह परिवारका मोक्तान, पाल्पाली, कौशल र भट्टराईका साहित्यिक सिर्जनाहरुलाई समावेश गर्दै गजलएल्बम गह प्रकाशनमा ल्याइएको हो । उक्त एल्बम गहमा प्रत्येक गजलकारको दुई÷दुई सिर्जना रहेको छ भने त्यसमा बालन्द राईले एकल संगीत दिएका छन् । उक्त एल्बममा विमला राई, सत्यराज आचार्य, उदय सोताङ, मनिला सोताङलगायतको स्वर रहेको छ ।
लोकपर्ण समारोहमा संगीतकार बुलु मुकारुङ, ललिजन रावल, परिवर्तन भट्टराई लगायत गजल एल्बम र गजल संग्रहमाथि टिप्पणी गर्दै सफलताको शुभकामना दिएका थिए ।

gaha release

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु