दुई गीतको छायांकन एकै साथ

म्यूजिक खबर
प्रकाशित: ३० चैत्र २०७२, मंगलवार

काठमाडौं । गीतकार टि.बि. अधिकारीको गीत ‘सुन्ने भा छ आज मलाइ’ र नित्याशिबा र पुष्कर सुनुवारको आवाज रहेको र ‘संगीतको धुन पनि’ बोलको गीतको म्युजिक भिडियो एकै साथ एउटै सेटमा छायांकन गरिएको छ । यी दुई अलग—अलग गीत हुन् तर यिनिहरुको म्यूजिक भिडियो एकै साथ छायांकन गरिएको छ । दुबै गीतको म्युजिक भिडियोमा रामेश्वर हुमागाइको छायांकन रहेको छ ।

no-01-768x576

उक्त गीतहरुको म्युजिक भिडियोमा शंकर अधिकारी ‘घायल’को निर्देशन रहेको छ । त्यसै गरि दुबै गीतहरुको हाल सम्पादन कार्य भैरहेको छ । छायांकन गरिएको यी दुई गीतहरुलाई सम्पादन गर्ने कार्य भने युबराज खत्रीले गरिरहेका छन् । उक्त गीतहरुको म्युजिक भिडियोमा नायक हर्शित र नायिका युनिका बस्नेतको अभिनय रहेको छ । यी दुई गीतहरुलाई एनएचएस मिडियाले प्रस्तुत गरेको हो । प्रस्तोताका अनुसार यी गीतहरु छिट्टै बजारमा आउँदै छन् ।

no-e1460369929761

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु