दोहोरीको रनिङ शिल्ड नेपाली दोहोरी साँझलाई

म्यूजिक खबर
प्रकाशित: २९ चैत्र २०७२, सोमबार

दोस्रो अन्तरदोहोरी साँझस्तरीय दोहोरी गीत प्रतियोगितामा यसवर्ष पनि नेपाली दोहोरी साँझ नयाँ बसपार्कले रनिङ शिल्डको उपाधि हात पारेको छ । गत वर्षबाट सुरु भएको रनिङ शिल्डको उपाधि गत वर्ष पनि नेपाली दोहोरी साँझ नयाँ बसपार्कले नै चुम्न सफल भएको थियो ।
राजधानीको भृकुटीमण्डपमा भएको दोहोरी साँझस्तरीय रनिङ शिल्ड प्रतियोगितमा ३२ वटा दोहोरी साँझले भाग लिएको भए पनि अन्ततः नेपाली दोहोरी साँझले नै अग्रस्थान हासिल गरेको हो । २४ गतेबाट सुरु भएको उक्त प्रतियोगिता २८ गते आइतबार सम्पन्न भएको थियो ।

folk & duet songs
३२ वटा दोहोरी साँझहरुको प्रतिस्पर्धामा फाइनलमा पुगेको नेपाली दोहोरी साँझ र कोरियामा रहेको नमस्ते रेष्टुरेन्ट मझेरी दोहोरी साँझको प्रतिस्पर्धाबाट नेपाली दोहोरी साँझ उत्कृष्ट बन्न सफल भएको हो । नेपाली दोहोरी साँझले प्रथम स्थान हासिल गर्दै रनिङ शिल्ड उचाल्दै नगद रु ७७ हजार ७ सय ७७ रुपैयाँसमेत पुरस्कार जितेको छ । त्यस्तै मझेरी दोहोरी साँझले दोस्रो स्थान हासिल गर्दै ५५ हजार ५ सय ५५ रुपैयाँ, तृतीय दोहोरी साँझ निरमाया दोहोरी साँझले ३३ हजार ३ सय ३३ रुपैयाँ नगद र सान्त्वनाले ११ हजार १ सय ११ नगदसहित पुरस्कार जित्न सफल भएका थिए ।

त्यस्तै प्रतियोगितामा नेपाली दोहोरी साँझका राजु केसी, संयुक्त दोहोरी साँझका चिज गुरुङ उत्कृष्ट गायक भ एभने न्यू दरबार दोहोरी साँझकी शोभा कार्की, दरबार दोहोरी क्लबकी पार्वती रावल र झरझर झरना दोहोरी साँझकी झरना रसाइली उत्कृष्ट गायिका घोषित भएका थिए । गत वर्षको तुलनामा यस वर्षको दोहोरीको रौनकतामा भने दर्शकको सहभागिता कम देखिएको थियो ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको आयोजनामा भएको उक्त कार्यक्रममा विशेषगरी लोकसंस्कृतिको संरक्षण एवं सम्बद्र्धनका निम्ति यो प्रतियोगिता फलदायी बन्न सफल भएको अध्यक्ष चन्द्र शर्माले म्यूजिकखबरलाई बताए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु