धुर्मुस र सुन्तलीले गीत मार्फत गरे आग्रह (भिडियो सहित)

म्यूजिक खबर
प्रकाशित: १६ जेष्ठ २०७३, आईतवार

काठमाडौँ । अरु बेला सधै भरि अरुलाई हसाइ राख्ने हाँस्यकलाकार सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) ले यति बेला पुनर्निर्माणमा जुट्न सबैसँग आग्रह गरेका छन् । उनीहरुले डा. भीष्मकुमार भुसालको ‘यो प्रण’ बोलको गीतमा अभिनय गर्दै यस्तो आग्रह गरेका हुन् । उनीहरुको भनाई अनुसार व्यस्तताको बाबजुद पनि उनीहरुको वास्तविकतामा आधारीत रहेर सो गीतले मनको कुरा बोलेकाले उक्त गीतमा अभिनय गरेको बताएका छन् । भिडियोमा धुर्मुस र सुन्तलीले घर बनाउन नसकिरहेका वृद्धवृद्धालाई सहयोग गरेको देखाउनुका साथै उनीहरुको अभियानमा बालिकाले खुत्रुके फुटाएर सहयोग गरेको समेत देखाइएको छ । यस अघि पनि केहि गीतमा शब्द दिइसकेका डा. भुसालको शब्दलाई स्वरुपराज आर्चाय र स्मीता दाहालले गाएका छन् । बसन्त सापकोटाको संगीत रहेको गीतको भिडियो सरोज ओलीले निर्देशन गरेका हुन् । भिडियोलाई सुदिप बरालले खिचेका हुन् भने रञ्जन न्यौपानेले सम्पादन गरेका छन् । शुभ मिडिया होम प्रा.लीको प्रस्तुती रहेको उक्त गीतमा सेभ द चिल्ड्रेनको सहयोग रहेको छ ।

भिडियो

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु