धुर्मुस सुन्तली नमुना बस्ती हस्तान्तरण

म्यूजिक खबर
प्रकाशित: २९ श्रावण २०७२, शुक्रबार

साउन, काठमाडौं । नेपाल टेलिभिजनको पर्दामा मेरी बास्सै नामक हाँस्यटेलिसिरीयल मार्फत धुर्मुस र सुन्तलीको भूमिकामा देखा पर्ने लोकप्रिय कलाकारद्धय सितारम कट्टेल र कुञ्जना घिमिरेले अब आफ्नो लोकप्रियतालाई झन् फराकिलो पारेका छन् । रिल लाइफमा हाँस्य जोडीको भूमिका निभाउँदै आएका धुर्मुस सुन्तली वास्तवीक जिवनका पनि सहयात्री हुन् । नेपाल सरकारले सरसफाई सद्भावना दुत घोषणा गरेयता यो जोडीले आफ्नो परिचय कलाकारितामा मात्र सिमीत गरेन । वैशाख १२ मा गएको विनाशकारी भुकम्पलाई आफुहरु अमेरिका भएका कारण अनुभव गर्न नपाए पनि दुःख साट्न, आफ्नो क्षेत्रबाट सकेको गर्न धुर्मुस सुन्तली अतालिंदै नेपाल आए । अमेरिकामा भएको कार्यक्रमबाट उठेको ६ लाखसहित विभिन्न दाताबाट ४७ लाख ६८ हजार उठेकोमा १९ लाख ६९ हजार ऋण गरेरै भएपनि धुर्मुस सुन्तली नमुना बस्ती हरुतातरण गरेका छन् । हस्तान्तरण कार्यक्रममा विभिन्न व्यक्ति र संघसस्थाले ९ लाख बराबरको सहयोग गरेका छन् । एकिकृत नमुना बस्ती आज हस्तान्तरण गरीएको छ । काभ्रेको पाँचखाल नगरपालीका–१६, डाँडागाउँमा बनाइएको २० घर भएको नमुना बस्ती आज पहरी बस्तीका स्थानियलाई हस्तान्तरण गरीएको हो । करिब ७५ दिन त्रिपाल मुनि बसेर दिनरात खटेर काभ्रेका पहरी बस्तीका भुकम्प पिडितहरुका लागि हाँस्य टेलिश्रृंखला मेरी बास्सै, भद्रगोल र सामाजिक सञ्जाल सगुन डटकमको सहकार्यमा तयार पारीएको उक्त धुर्मुस सुन्तली एकिकृत नमुना बस्ती आज एक भब्य कार्यक्रमका बिच १८ घरधुरीलाई हस्तान्तरण गरीएको हो ।

dhurmus

मेरी बासै, भद्रगोलका कलाकार र सगुन डटकमको टोलीको ७० दिनको खटाइपछि उनीहरुको सपना पूरा भएको हो । पहरी गाउँमा एकैनासका घरभित्रै शौचालय भएको बगैँचासहितको ३ कोठे पक्की २० घर बनेका छन् । प्रत्येकघरको लागि खानेपानी धारा र बस्तीमा ५ बायोग्यास प्लाट जडान गरी सबै घरमा व्यवस्था गरिएको छ । डिस होम समेत जडान गरिएको धुर्मुसले जानकारी दिए । पलाञ्चोक भगवती मन्दिरमा दैनिक फूलको व्यवस्था गर्ने र जात्राहरुमा खट बोक्ने कामका लागी पलाञ्चोकमा गुठी जग्गामा बसेका पहरीहरुको नाममा कुनै जग्गा छैन । बाबुबाजेको नाममा रहेको गुठीको जग्गामा नै उनीहरुले भोगचलन गर्दै आएका छन् ।

sitaram.dhurmus
शहरी तथा विकास मन्त्री डा. नारायण खड्काको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सयौं कलाकारहरुको उपस्थिती थियो साथै बिशेष अतिथीमा बरिष्ठ हाँस्य कलाकारद्धर मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्य रहेका थिए । साथमा अतिथि सभासद मदन बहादुर अमात्यको पनि उपस्थिती थियो । कार्यक्रममा अन्य कलाकारहरु शिबहरी पौडेल, किरण केसी, मनोज गजुरेल, दिनेश डिसी, नवल ख ड्का, दिपा श्री निरौला, केदार घिमिरे, मनोज आचार्य, रामचन्द्र अधिकारी, पल्पसा डंगोल, मरिचमान श्रेष्ठ, राजु पौडेल, शंकर आचार्य, सुवास आचार्य, अर्जुन घिमिरे, कमलमणि नेपाल, मधुसुदन पाठक, सुरेश थापा, सागर लम्साल, हरी निरौला, बेगम नेपाल, गोबिन्द कोइराला, गोपाल लामा नायक आर्यन सिग्देल, गायक राजेश पायल राई लगायतको उपस्थिती रहेको थियो ।

dhurmus suntali

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु