धेरै रत्यौलीको बीचमा भेटिएको तिज गीत….

म्यूजिक खबर
प्रकाशित: १९ श्रावण २०७३, बुधबार

आजभोली यूट्युबमा तिजका भाका खोज्न थाल्यो भने रत्यौली मात्रै भेटिने गर्छन् । सय वटा गीत खोज्दा बल्लतल्ल ३ – ४ वटा मात्र तिजका भाका सुन्न पाइन्छ तर अरु सबै उहिलेका बाजेबजैका पालामा गाउँमा खेलिने रत्यौलीलाई गीत बनाएर केटा र केटी उफारे तिज गीत भनेर यूट्यूबमा भरिएका छन् । कसैले तिजकै नाममा यूट्यूबलाई कमाइ खाने भाँडो बनाइरहेका छन् । कसैले तिजको बैइज्जती हुने खालको गीत नै अपलोड गरिरहेका छन् र अहिलेको तिजमा …. के के गरिन्छ भनिरहेका छन् । तिनै गीतहरुमध्ये बजारमा अहिले रत्यौलीहरुकै बीचमा एउटा गीत भेटियो ‘किन आएनन् माइती लिन आएनन्’ ।

भागी विहे गरेपछि माइतीले गरेको हेलाँ, तिजमा सबै दिदीबहिनी माइत जाँदा आफू मात्रै जान नपाएको पीडाभित्र रहेको यो गीत हो किन आएनन् माइती लिन आएनन् । हाम्रो समाजमा यस्ता घटनाहरु धेरै छन्, समाजको यथार्थ घटनालाई नै समावेश गरेर तयार पारिएको यो गीतलाई लिना शर्मा रेग्मीले लेखेकी छन् ।वास्तविकतामा भन्नुपर्दा पारिवारिक भिडियो एवं मर्मस्पर्शी वेदना समेटिएको एउटा तिज गीत बनेको छ ।teej song kabya acharya एकनारायण भण्डारीको लय रहेको यस गीतलाई काव्य आचार्यले स्वर भरेकी छन् । यूट्यूबमा अहिलेसम्म भेटिएकाहरुमध्येबाट राम्रो तिज गीतको मौलिकता बोकेको गीत हो भन्दा फरक पर्दैन । विन्ध्यवासिनी म्यूजिकबाट बजारमा आएको यो गीतको म्यूजिक भिडियोलाई कपिल लामाले निर्देशन गरेका हुन् भने राजेश घिमिरेले क्यामरामा कैद गरेका छन् । विष्णु शर्माको सम्पादन रहेको यस गीतको म्यूजिक भिडियोमा शर्मिला गिरी कोइराला, सपना थापा, ऋतु बोहरा, प्रशंसा कोइरालाको अभिनय रहेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु