नगदनाथले दिलकी रानीलाई भिडियोमा देखाए

म्यूजिक खबर
प्रकाशित: १३ जेष्ठ २०७३, बिहीबार

गणेश चौलागाईं ।


भनिन्छ, यो जमाना सुन्ने भन्दा पनि हेर्ने जमाना हो । तेसैले पनि हुनसक्छ प्रायः धेरैले देखाएरै चलेको पाइन्छ र देखाउनेहरु नै चर्चामा आउने गर्दछन । यसै क्रममा नवोदित कलाकार नगद नाथले आफ्नी दीलकी रानीलाई भिडियो मार्फत सबैलाई देखाएका छन् ।

नगद नाथले आफ्नो पहिलो सृजनामा महेश नाथ दीपेन्द्र देउवा र सुमित्रा भण्डारी लाई देखाउँदै छन् । सन्धर्भ धिताल फिल्म्सको प्रस्तुतीमा बजारमा आउन लागेको लोक दोहोरी गीत ‘दील कि रानी’ को हो ।

dilki-ranee
कल्पनामै हराउन थाले म
कती छिटै दिल बस्यो काले मा
हिउ पग्लेर पानी
मन पग्लेर माया भयो हिउ पग्लेर पानी
जता मेरो दिलको राजा तेतै यो मन जानी
जता मेरी दिलकी रानी तेतै यो मन जानी ।

जस्ता नगद नाथका मिठा शब्दहरुलाई चर्चित गायिका टिका पुन र महेश नाथले स्वर दिएर सजिएको यस गीतको शब्द नगद नाथको नै रहेको छ भने लय मनोज सिंह धामीको रहेको छ ।

गत शनिबार किर्तिपुर को पुस्पलाल पार्कमा छायांकन सम्पन्न भयको यस गीतको म्युजिक भिडियो निर्देशन होम धितालले गरेका हुन् भने नृत्य निर्देशन अच्युत बस्नेतले गरेका हुन् साथै सह– नृत्य निर्देशन दीपेन्द्र देउवाको रहेको छ । यस भिडियोमा सुमित्रा भण्डारी, महेश नाथ र दीपेन्द्र देउवा को अभिनय रहेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु