नभेटीकनै समुन्द्रपारी दिल जोडेका शिव

म्यूजिक खबर
प्रकाशित: १३ बैशाख २०७३, सोमबार

शिव भनेपछि सबैका प्रिय हुन्छन् । भगवानका पालामा शिवका पछि कति पार्वतीहरु लागे तर कलियुगका शिवका पछाडि पनि त्यो पछि लाग्नेहरुको कमी छैन । तीनै शिवले नजिकै हुँदा पछि लाग्नेहरुलाई छाडेर यतिखेर समुन्द्रपारी पनि नभेटेकै मायालुहरुसँग दिल जोडेका छन् । शिव अर्थात गायक शिव परियार यतिखेर लण्डनको सांगीतिक भ्रमणमा रहेका छन् । उनको गायकीमा झुम्नेहरु धेरै छन् देशदेखि विदेशमा । सधैं नशा र रंगमन्चका कुरा गर्ने शिव यतिखेर प्रेमगीतको कुरा गरिरहेका छन् ।

लगायौ माया सांट्यौ नि मुटु नभेटी नभेटी
समुद्रपारी जोड्यौ नि दिल नभेटी नभेटी

shiva pariyar london

शिवले गाएका गीतहरु पिउँदिन भन्दा भन्दै पिलायो साथीले, बेहोसी पछि त होसमा आउंदा क्या दामी भोजस्ता गीत पिउनेहरुले नै बढि रुचाएका थिए । त्यस्तै मायांमा डुबेकाहरुलाई चाहिं पागल बनायौ प्रिय यो दिल हरेर पागल, रित्तो रित्तो छु म छैन बांकी कुनै, रुपौली रानी, कहां थियौं तिमी रंगमन्च उठेपछि आयौ, फेवातालमा साइली जस्ता गीतहरुले मन जितेको थियो । उनका कयौं हिट नम्बरका गीत छन् परियारका । अहिले बेलायत रहेका यी गायकले पहिलो पटक एउटा नयां प्रेम गीत सार्वजनिक गरेका हुन् । उनले धेरैपछि उनले प्रेम गीत गाएका हुन् ।

आफ्नै गायन र संगीतमा स्वेता मैनालीले लेखेको उक्त गीत ११ औं एल्बम शिवालयमा समावेश हुने परियारले जानकारी दिएका छन् । भौगोलिक हिसावले दुर रहेका प्रेमी प्रेमीकाको भावना गीतले समेटेको छ । ४ मिनेट ५० सेकेन्ड लामो उक्त गीतको म्यूजिक भिडियो छिट्टै रिलिज गरिने परियारले जनाए ।

मंगलबार सांझ लन्डन उलवीचमा आफ्नो सम्मानमा आयोजित एक कार्यक्रममा उनले नयां गीतसहित हिट नम्बर सुनाइहाले । उनले पिउंदिन भन्दा भन्दै, बेहोसीपछि, रित्तो रित्तो, कहां थियौं तिमी रंगमन्च, रुपौली रानी आदि गीत गाएर दर्शकलाई कहिले भावुक त कहिले नाच्न वाध्य बनाए । नयां वर्ष कार्यक्रममा सहभागी हुन दुई साताअघि बेलायत आएका परियार अझै केही समय यहां बस्नेछन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु