नयाँ एल्बमका लागि जुटे कन्हैया, अमेरिकाबाटै रेकर्डिङ सुरु

म्यूजिक खबर
प्रकाशित: १७ चैत्र २०७२, बुधबार

तिम्रो साथ, पश्चिमको छोरो, तिम्ले भुल्न सके पनि, कस्तो पीडा दियौ, मुटुमा पीडा जस्ता दर्जनौं गीत गाएर नेपाली सुगम संगीतको दुनियाँमा ख्याति कमाएका गायक कन्हैया सिंहले आफ्नो नयाँ एल्बमको काम सुरु गरेका छन् । अमेरिकाबाटै नयाँ एल्बमको पहिलो गीत रेकर्ड गराएका सिंहले अब छिट्टै एल्बमका सम्पूर्ण गीतहरु तयार गरी स्रोताहरुसामु ल्याउने बताएका छन् । आलाप, आपाल २ जस्ता एल्बमहरु बजारमा ल्याइसकेका कन्हैयाले प्रत्येक वर्ष एउटा एल्बमलाई बजारमा ल्याउने गर्छन् । चलचित्र, आधुनिक गीत संगीतमा निरन्तर लागिरहेका कन्हैयाले धेरै गीतहरुमा संगीत दिएका छन् । जुन गीतले उनको भन्दा पनि गायक गायिकालाई माथि उकास्न मद्दत पुगेको छ भने उनका संगीतले पनि स्थान पाएको छ । काली सुन्दरी जस्तो चर्चित गीतका संगीतकार एवं गीतकारसमेत रहेका गायक सिंहले नेपाली संगीतमा ठूलो योगदान पु¥याइसकेका छन् ।

kanhaiya singh

पछिल्लो पुस्ताका चर्चित संगीतकार सन्तोष श्रेष्ठको संगीत एवं पत्रकार सुमन बैरागीको शब्द रहेको ‘धेरै माया गर्छु भन्थ्यौ’ बोलको आधुनिक गीतलाई अमेरिकामा नै रहेको ओम मेगा स्टुडियोमा मंगलबार रेकर्ड गरिएको छ । कन्हैया, सन्तोष र सुमनको त्रिवेणीका रुपमा सोलो प्रस्तुतिसहित बजारमा आउन लागेको नयाँ एल्बमको सुरुवाती गीत रेकर्ड भइसकेपछि कन्हैयाले भने हाम्रो सहकार्यले पक्कै पनि नयाँ छाप छोड्न सफल हुनेछ । अन्य गीतहरुको तयारी भइरहेको छ, अब छिट्टै नै सम्पूर्ण गीतहरुको रकेर्डिङ कार्य सकिनेछ र स्रोतासामु उपस्थित हुनेछौं गायक सिंहले भने ।

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु