नयाँ व्यवस्थापनमा ‘दरबार रोधीघर’

म्यूजिक खबर
प्रकाशित: २० फाल्गुन २०७२, बिहीबार


काठमाडौं । राजधानीमा भएका दोहोरी साँझहरुमध्ये छुट्टै पहिचान बनाएको दरबार रोधीघर आजबाट नयाँ व्यवस्थापनमा संचालन हुने भएको छ । पारिवारिक वातावरणमा चर्चित कलाकारहरुको साथमा संचालन भएको दरबार रोधी घर काठमाडौंको उत्तरढोकामा अवस्थित रहेको छ । पी.एन. सापकोटा, शिव हमाल लगायतका चर्चित कलाकारहरुले उक्त दोहोरीमा सांगीतिक प्रस्तुति दिँदै आएका छन् ।

संचालनको लामो समयपछि नयाँ व्यवस्थापनमा विभिन्न सुविधालाई लिएर आएको यो रोधीघरले राजधानीमा विहीबार साँझ ६ बजेदेखि १ बजेसम्म निरन्तर ग्राहकहरुलाई मनोरञ्जनपूर्ण वातावरणमा विभिन्न परिकारहरुको स्वाद पस्कने छ । ‘नेपाली गीत, संगीतमा रम्न चाहनेहरुको लागि आफ्नै घर – दरबार रोधी घर’ मूल नारा लिएर नयाँ व्यवस्थापनमा आएको यस दोहोरी साँझमा यही फागुन २०, २१ र २२ गते विविध सांस्कृतिक कार्यक्रमको आयोजना गरिँदैछ ।

लोक तथा दोहोरी गीत प्रतिष्ठानका अध्यक्ष चन्द्र शर्मा, पूर्व अध्यक्ष दुर्गा रायमाझी, चर्चित मोडल, गायक विजय थापा, गायिका प्रिति आले, हाँस्यकलाकार हर्के हल्दार र भटभटे जस्ता कलाकारहरुको आतिथ्यतामा नयाँ व्यवस्थापनमा संचालित रोधी घरको सुरुवात आज साँझबाट गरिने भएको छ । राजधानीमा भएका दोहोरी साँझमा पहिलोपटक दरबार रोधीघरले ओपन किचनको व्यवस्था गरेको छ ।darbar

जसले गर्दा किचनमा कस्तो सरसफाइ छ वा छैन भन्ने कुरा प्रष्ट रुपमा ग्राहकले देख्न पाउने वातावरण दरबार रोधीघरले सिर्जना गरिदिएको छ । पहिलेपटक साउण्डप्रुफ हलको व्यवस्था गरेको छ भने पारिवारिक वातावरणमा स्वादिष्ट खाना खुवाउने प्रतिबद्धतासमेत संचालकहरुले गरेका छन् । उचित पार्किङको व्यवस्था भएको दरबार रोधीघर काठमाडौंमा भएका दोहोरी साँझहरुमध्ये सबैभन्दा ठूलो हल भएको दोहोरी साँझमा पनि पर्दछ ।

विवाह, पार्टी, सेमिनार, गोष्ठीको समेत आयोजना गर्न मिल्ने हल भएको यस रोधीघरमा फ्रि वाइफाइको व्यवस्थासमेत गरिएको छ । दोहोरी साँझमा लोकसंस्कृतिको अलावा आधुनिक, गजल, हाँस्यव्यंग्य र पञ्चेवाचाको धूनमा समेत गीतसंगीत प्रस्तुत हुने गरेको छ । भुकम्प प्रतिरोधात्मक हल रहेको यस दोहोरी साँझमा प्रत्येक साँझ १० देखि २५ प्रतिशतसम्मको छुट दिइने व्यवस्था पनि गरिएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु