नवराज र रमेशको छुट्यो माया जाल

म्यूजिक खबर
प्रकाशित: २१ चैत्र २०७२, आईतवार

काठमाण्डौ । सांस्कृतिक क्षेत्रमा विश्वका सबै मुलुका कलाकारहरुको माया प्रिती छुटिनु नौलो कुरा होइन । वर्षौं टिकीरहेको घरजममा त समस्या आएको खबर सुन्नु पर्दछ भने माया जालको त के कुरा । यो गतिविधिबाट नेपाल पनि अछुतो रहन सकेको छैन । यतिबेला सांगीतिक बजारमा रमेश श्रेष्ठ र नवराज गौतमको माया जाल छुटेको खबर पाइएको छ ।
वास्तविक जीवनमा रमेश र नवराजको माया जाल छुटेको भने होइन । श्रेष्ठ र गौतमले संयुक्त प्रस्तुतिमा ‘छुट्यो माया जाल’ नामको सांगीतिक कोशेली बजारमा ल्याउने तयारी गरेका छन् । उक्त गीतका म्युजिक भिडियो छायांकन कार्य सम्पन्न भएको छ । निर्देशक कपिल लामाले निर्देशन गरेको उक्त गीतको म्युजिक भिडियोलाई छायांकन भने राजेश घिमिरेले गरेका हुन् ।

12936742_1004983836222802_3484368803673124143_n
रमेश श्रेष्ठ को लय रहेको उक्त गीतको शब्द पनि रमेश श्रेष्ठ र बिमल तिमल्सिनाको रहको छ भने एरेन्ज विनोद बाजुरालीको रहेको छ ।
उक्त गीतमा सुमधुर स्वरकी धनि काव्य आचार्य र राजु बोहराको सुमधुर स्वर रहेको छ । छायांकन कार्य सम्पन्न भएको यस गीतको म्युजिक भिडियोमा दुर्गेश थापा र ऋतु बोहराको अभिनय रहेको छ । उक्त गीतलाई बिन्ध्यबासिनी फिल्म्स् प्रालिले बजार प्रबन्ध गरेको हो ।

12919680_1004075682980284_5012132056168511522_n

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु