नविन पौडेलको ‘मन चाहिँ यतै ढल्किनी’ को चर्चा बढ्दो

म्यूजिक खबर
प्रकाशित: १५ असार २०७३, बुधबार

नेपाली लोक गित संगीतमा अत्यन्त व्यस्त गायक नविन पौडेल सबै उमेर समुहमा उतिकै लोकप्रियता कमाउन सफल छन् । समाजको भावनालाई टपक्क टिपेर समय सापेक्ष र जनजिब्रोमा झुन्डिने गीत बनाउन तथा गाउन माहिर नबिन पौडेलको नयाँ गीत सार्वजनिक भएको छ । ‘मन चाहिँ यतै ढल्किनी’ बोलको गीतलाई नविनले आफ्नै शब्द तथा लय संकलनमा तयार पारेका हुन् । गायिका कान्ति डम्बरपाल (रोजी) साथमा पौडेलको आवाज रहेको उक्त गीतका शब्द यस्ता रहेका छन् –

मलाइ साह्रै मन पर्छ,
आँखा जता लायनी मन चाहिँ यतै ढल्किनी,
मिल्दैनकी म बोल्दा तरिका,
आउनुभाछ यहाँ थरिथरिका छैन कतै पल्किनी,
मलाइ साह्रै मन पर्छ आँखा जता लायनी
मन चाहिँ यतै ढल्किनी ……. !!!

यतिबेला नेपाली सांगीतिक बजारमा अत्याधिक चर्चा कमाउन सफल भएको छ उक्त गीतलाई शिव दर्सन डिजिटलले बय्बस्थापन गरेको छ । यो गीतको भिडियो बिजय थापाले निर्देशन गरेर आफै अभिनय पनि गरेका छन् । अभिनयमा बिजयको अपोजिट भएर रचना बमले साथ दिएकी छिन् ।

यस्तो छ म्युजिक भिडियो हेर्नुहोस् :

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु