नवोदितका गुरुलाई सांगीतिक सत्कार

म्यूजिक खबर
प्रकाशित: २९ असार २०७१, आईतवार

काठमाडौं, २९ असार । गुरुपूर्णिमाको अवसर पारेर नवोदित कलेजका विद्यार्थीहरुले गुरुहरुलाई सांगीतिक सत्कार गरेका छन् । गुरु बिना चेला पूर्ण बन्न सक्दैन भन्ने कुरालाई ध्यानमा राखेर आयोजना गरिएको गुरुपूर्णिमा विशेष कार्यक्रममा गुरुहरुलाई सम्मानपूर्वक सांगीतिक माहौलबाट चेलाहरुले सत्कार गरेका थिए । उक्त कार्यक्रममा कलेजका गुरु जेबी अधिकारीले भने – गुरु भनेको एउटा माझीको काम गर्ने हो उसले एउटा चेलालाई पढाएर सफल बनाउँदै जान्छ अनि अर्कोलाई पनि त्यही प्रक्रियाबाट सफलताको श्रेणी चुम्न लगाउँछ धेरै चेलाहरु जन्माउँछ  । त्यस्तै कलेजका प्रिन्सिपल राजेन्द्र अधिकारीले गुरुबिना कुनै पनि चेला पूर्ण बन्न सक्दैन । गुरुकुलको शिक्षा भनेको सबैभन्दा महत्वपूर्ण भएको बताउँदै गुरु र चेलाबीचको आपसी सद्भावलाई कायम राख्न गुरुपूर्णिमाको दिन मात्र होइन सधैं यसरी नै मिलेर अघि बढ्नुपर्ने बताएका थिए । उक्त अवसरमा गुरुहरुलाई सम्मानस्वरुप विद्यार्थीहरुले नृत्य, गायन, कविता, गजल प्रस्तुत गर्दै गुरुपूर्णिमा सम्पन्न गरेका थिए ।
rajendra adhikari

 

rajendra

 

narayan dhakal

 

libiya

[youtube]https://www.youtube.com/watch?v=F_5i14nq_hM[/youtube]

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु