माघ ३, काठमाडौं । बाल कलाकार अनुभव रेग्मीलाई मुख्य भूमिकामा उतारेर चलचित्र ‘नाई नभन्नु ल–५’ बन्ने भएको छ । चलचित्रमा अनुभव रेग्मी मुख्यपात्रको भूमिकामा हुनेछन् ।
उनको अपोजिटमा काम गर्ने हिरोईन् भने सधै परिवर्तन हुने गर्दछन् । यो बर्षको चैत्रमा फ्लोअरमा जाने तयारीमा रहेको चलचित्रको लागी अनुभव रेग्मीले नयाँ हिरोइन् पाएका छन् । यो बर्ष सेड्रिना शर्माले पर्दामा अनुभव संग काम गर्नेछिन् । सेड्रिनाको यो डेव्यु चलचित्र हो ।