नामै चन्द्र हुँदा नि किन अँध्यारो भाको होला ?

म्यूजिक खबर
प्रकाशित: ५ जेष्ठ २०७३, बुधबार

जून अर्थात् चन्द्रमा लागेको बेला पनि अँध्यारो देख्ने गरेका छन् चन्द्रले । उनको नाम आफैंमा उज्यालो छ तर उनले संसार अँध्यारो देख्न थालेको धेरै भइसक्यो । मंसिरको लगनको महिना गएपछि मिनालाई आश मरेजस्तै जो भनेर आको उसैले वास्ता नगरेपछि चन्द्रलाई पनि अँध्यारो लाग्न थालेको रे । आफ्नै नामका लागि पनि त्यो अँध्यारो नदेखे हुन्थ्यो क्यारे । मायाप्रेमको गहिराइमा डुबेका प्राय मान्छेहरु दिनलाई नै अँध्यारो देख्छन् रे तर चन्द्रले चाहिँ चन्द्रमा लागेकै बेलामा अँध्यारो नदेखे नाम नै काफी हुन्थ्यो कि !

shankar bc

गीतकार रमेश बिजीको शब्द तथा लयमा सजिएको गीत चम चम चम्कने तारा झल झल झल्कने सितारा बोलको गीतमा लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका अध्यक्षसमेत रहेका गायक चन्द्र शर्मा र मिना लामाको स्वर रहेको छ । गाउँको रोदीलाई बिर्साउने, गाउँका यादहरुलाई बिर्साउने खालको मौलिकता बोकेको गीत बनेको छ चमचम चम्कने तारा । गाउँकै परिवेशमा म्यूजिक भिडियो पनि तयार पारिएको छ । मिना लामा र चन्द्र शर्माको स्वरलाई शंकर बिसीले भिडियोमा पनि मौलिकता पस्केका छन् । बिसीको निर्देशनमा मिना लामा र बिसी स्वयम्को अभिनय रहेको छ । पछिल्लो समय मौलिकता हराइरहेको लोकसंगीतमा चन्द्रको गीतले पक्कै पनि मौलिकताको आगमनमा सहयोग पु¥याउँछ कि भन्ने आश जागेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु