नायिकाप्रेमी सितारामको भिडियो

म्यूजिक खबर
प्रकाशित: ७ पुष २०७०, आईतवार

काठमाडौं, ७ पुस । गायक सिताराम पोखरेलका गीतका म्यूजिक भिडियो हे¥यो भने लाग्छ उनी नायिकाप्रेमी गायक हुन् । उनले गाएका प्राय गीतहरुको म्यूजिक भिडियोमा कुनै न कुनै नायिकासँग उनी आफैंले अभिनय गरेका देखिन्छन् ।
विराटनगर स्थायी निवासी पोखरेलले आफूलाई २०४४ सालदेखि औपचारिक रुपमा सांगीतिक क्षेत्रमा प्रवेश गराएका हुन् । उनले पहिलो एकल एल्बम ‘खोजी हेरिनौं’ २०५८ सालमा श्रोतामाझ ल्याएका हुन् । त्यसयता उनले २०६१ मा ‘बिना कारण’, २०६४ मा स्पार्क, २०६६ मा अक्टोबर फोर र २०६८ मा सम्मान गरी पा“च एल्बम बजारमा ल्याइसकेका छन् । पोखरेलले आफ्नो खोजी हेरिनौंदेखि सम्मानसम्म आइपुग्दाका चर्चित गीतका म्यूजिक भिडियोलाई अब भने एकैसाथ लिएर आएका छन् ।

sitaram-pokhrel-dvd-cover द वेष्ट म्यूजिक भिडियो अफ सिताराम पोखरेल नाम दिएर म्यूजिक भिडियो कलेक्सन बजारमा ल्याएका हुन् । उनले भिडियोमा निशा अधिकारी, अरुणिमा लम्साल, सुमिना घिमिरे, झरना थापालगायत केही पूर्व मिस नेपालहरुलाई पनि अभिनय गराएका छन् । उनको डीभीडीमा १० गीतहरु समावेश छन् । जसमा चेतावनी, आ“खाका नानी हौ तिमी, हे दैव, हरदिन किन, पहिलो पहिलो, तिमी आउ“, बिनाकारण, तिम्रो चाहको, माया नै माया, नभन्नु है तेरो मेरा, आज किन गीत समावेश छन् । भाइब्स क्रियसनले बजार व्यवस्थापन गर्ने यो डिभिडी एल्बमको मूल्य २ सय २५ रुपैया राखिएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु