निधारैमा लेखेसी कृष्णाको भाग्य चम्कियो

म्यूजिक खबर
प्रकाशित: ६ पुष २०७०, शनिबार

काठमाडौं, ६ पुस । निधारैमा लेखेसी कसको के लाग्छ र ? गायिका कृष्णा गुरुङलाई पनि त्यस्तै भएको छ । आखिर लेखेकै पाइन्छ भनेजस्तै गायिका कृष्णा गुरुङलाई आजभोलि व्यस्तता बनाएको छ गीतसंगीतले । राम्रा गीत सिर्जनामा लाग्ने कृष्णा गुरुङ अब भने मलेसियामा हुने कार्यक्रममा जाने तयारीमा छिन् ।
स्याङ्जा माझकोटमा जन्मिएर गीतसंगीतमा निरन्तर लाग्दै आएकी गायिका कृष्णा गुरुङले दर्जनभन्दा बढी म्यूजिक भिडियोहरुमा अभिनय गरिसकेकी छिन् भने आधा दर्जनभन्दा बढी एल्बमहरु प्रकाशनमा ल्याइसकेकी छन् । ऐसेलुको दाना, माछि फेवातालैमा, नाच नाच भन्छौ नि कान्छा, एकादशी बजारैमा, तिमी र म भए प्यार हुन्छ, बस्न पाइन तिम्रो बनेर, रातो रातो गालामा कालो कालो कोठी, निधारैमा लेखेसी जस्ता गीतहरुमा आफ्नो स्वर दिएकी गायिका गुरुङलाई निधारैमा लेखेसी गीत भने जीवनको कोसेढुंगा सावित भयो ।
निधारैमा लेखेसी गीतले पछिल्लो चर्चा जति पायो त्यति नै अवार्डहरु पनि पाउँदै गयो । गायिका कृष्णालाई सबै क्षेत्रबाट वाही वाही मिल्दै गयो । पक्कै पूरा हुन्छ निधारैमा लेखेसी उनको गीतमा भनेजस्तै हुँदैछ गायिका गुरुङलाई । मलेसिया, चीन, भारत, हङकङ, कोरिया लगायतका धेरै देशका स्टेज कार्यक्रमहरुमा सहभागी हुँदै आएकी गायिका गुरुङले धेरै सम्मानहरु पाइसकेकी छिन् । विभिन्न लोकदोहोरी प्रतियोगितामा आफूलाई सदैव अग्रस्थानमा राख्दै पुरस्कार जित्न सफल गायिका कृष्णा गुरुङले विभिन्न कार्यक्रमहरुमा निर्णायकसमेत भएर कार्य गर्दै आएकी छिन् । नयाँ वर्ष २०१४ को अवसरमा तमु समाज, तामाङ समाज र नेपाली एकता समाजको आयोजनामा मलेसियामा हुन लागेको कार्यक्रममा आफ्नो प्रस्तुति दिनका लागि अब मलेसिया जाने तयारीमा रहेकी कृष्णा गुरुङ त्यसपछि पनि विदेशकै कार्यक्रमहरुमा सहभागी हुनका लागि तय भइसकेको बताउँछिन् ।

Best of Krishna Gurung cover
[youtube]http://www.youtube.com/watch?v=4wlkWlQLXno[/youtube]

 

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु