निर्णयसँगै नाचे–गाए छात्र–छात्रा

म्यूजिक खबर
प्रकाशित: २२ फाल्गुन २०७०, बिहीबार

काठमाडौं, २२ फागुन । । आफूले मन पराएको गायक आफ्नै छेउमा भेटेपछि माउन्ट गौरी शंकर स्कुलका छात्र–छात्रा बुधबार फुरुंङ भए । ¥यापर गायक निर्णय श्रेष्ठ ‘एनएसके’ आफ्ना सहकर्मीसँग स्कुल परिसरमा ‘हामी नेपाली’, ‘गाउँले जीवन’ जस्ता गीत गाइरहँदा साना–साना नानीहरु पनि तालमा ताल मिलाएर नाचे । ती नानीहरुले निर्णयसँग अटोग्राफ पनि लिन भ्याए ।
¥यापर गायक निर्णय आफ्नो अभियनअन्र्तगत ‘एजुकेसन टुर’ लिएर सो राजधानीको गैरीधारास्थित गौरी शंकर स्कुल पुगेका थिए । सन् २००६ बाट उनले एजेकेशन टुर सुरु गरेका हुन् । अहिलेसम्ममा १ सय भन्दा बढी स्कुलमा पुगेर कार्यक्रम गरिसकेको निर्णयले बताए । एजुकेशन टुरको उद्देश्य स्कुल तथा विद्यालयमा कार्यक्रम गरी कापी, कलम तथा स्टेशनरी सामग्री संकलन गर्नु हो । ती संकलित भएका कापी कलम विपन्न र असाहय पढ्ने स्कुललाई प्रदान गर्दै आएका निर्णयले बताए ।
कक्षा १० सम्म अध्ययन हुने सो स्कुलका छात्र–छात्राले कलेक्शन गरेको स्टेशनरी सामग्री स्कुलका प्रिन्सिपल रामकृष्ण बलले निर्णयलाई प्रदान गरेका थिए । सो स्टेशनरी हस्तान्तरण गरेपछि प्रिन्सिपल बलले भने, ‘सकरात्मक कार्यमा सहयोग गर्न पाउँदा खुसी लाग्यो ।’
यस वर्षको ‘निर्णय एजुकेशन टुर–२०१४’ को इभेन्ट मेजेजमेन्टको जिम्मा कलश इभेन्टले लिएको छ । देशव्यापी टुरमा राजधानीपछि पूर्वको इटहरीबाट टुर सञ्चालन गर्ने निर्णयले बताए ।

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु