निर्देशकज्यू सगुनको के हेरेको ?

म्यूजिक खबर
प्रकाशित: ८ चैत्र २०७१, आईतवार

काठमाडौं । चलचित्रका निर्देशक हुन् या म्यूजिक भिडियोका आखिर पेशा त एउटै नै हो । ग्ल्यामरको फिल्डमा निर्देशक र नायिकाबीचको कुरामा कहिले कथाले माग्यो भन्ने गरिन्छ त कहिले निर्देशकले नै मागे भनेर हल्ला गरिन्छ । अब कुन निर्देशकलाई के भन्ने म्यूजिक भिडियोका किङ नै मानिने निर्देशक शंकर बिसीको कुरा गरौं भने यस्तो छ । तस्वीर हेर्दा लाग्छ फूलफूलको मौसममा मोडल सगुन शाहीको अंगतिर उनको दृश्य गइरहेको जस्तो लाग्छ । अब यसमा कथाले माग्यो कि निर्देशकले माग्यो त्यो चाहिँ यी दुईलाई नै थाहा होला ।
भर्खर भर्खर मौसम खुल्दै गरेको समय, गोदाबरीको पृष्प विकासको क्षेत्रमा फुलिरहेका फूलको बगैंंचाभित्र शंकर बिसीको निर्देशनमा म्यूजिक भिडियोको छायाँकन भइरहेको थियो । सञ्जय फ्राउन्डफेल्डर र मुना थापाको स्वरमा सजिएको गीत म त फूलझैं ओइलिएर झर्न थालिसकेँ बोलको गीतको म्यूजिक भिडियोमा जम्दै गरेका मोडल नारायण ढकाल र सगुन शाहीलाई निर्देशक बिसीले एक्सन कट गर्दै थिए । यही एक्सन कट गरिरहेकै बेलाको यो तस्वीर थियो । वास्तवमा बिसीले सुगनलाई एक्टिङको दृश्य सिकाउँदै थिए । मौसम त्यति खुलिरहेको थिएन तर मोडलको अभिनयलाई खुलाउने प्रयासमा थिए बिसी । विरही कार्कीको शब्द र लयमा रहेको यस गीतलाई सुनखानी म्यूजिकले बजार प्रबद्र्धन गरेको छ भने कृष्ण फिल्म्सले दृश्य निर्माण गरेको छ । राजेश घिमिरेको छायाँकन रहेको यस म्यूजिक भिडियोलाई गोदाबरीको पृष्प विकास क्षेत्रको सुन्दर एवं रमणीय दृश्यहरुमा खिचिएको हो ।
त्यसो त निर्देशक शंकर बिसी पछिल्लो समय सबैभन्दा धेरै म्यूजिक भिडियोमा अभिनय गर्ने मोडलका रुपमा गिनिज बुक अफ वल्र्ड रेकर्डस्मा नाम लेखाउने प्रयासमा छन् ।

musickhabar vdo1 musickhabar vdo_narayan musickhabar vdo musickhabar vdo6 musickhabar vdo5 musickhabar vdo4 musickhabar vdo3 musickhabar vdo2

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु