निर्देशकले मोडललाई झम्टिएपछि बबाल

म्यूजिक खबर
प्रकाशित: ७ मंसिर २०७१, आईतवार

काठमाडौं । निर्देशक र नायिकाबीच के के हुन्छ भनेर कलिउडमा निकै चर्चा हुने गर्छ भने गीतसंगीतमा पनि निर्देशक र मोडलकै चर्चा बढी हुन्छ । अब चर्चा नहोस् पनि कसरी कहिले अफर गर्ने त कहिले झम्टिने काम गरेपछि । पछिल्लो समयमा चर्चामा आएका निर्देशक दिपेन्द्र घिमिरेले पनि नैकापको सुटिङस्थलमै मोडल आर्जुमाथि जाइलागेपछि बबाल भयो । अब झम्टिनु नै थियो भने अरुका अगाडि त्यसो नगरिदिएको भए जाति हुन्थ्यो क्यारे !
प्रसंग थियो सम्झिएर आए म त बोलको गीतको म्यूजिक भिडियो सुटिङको । पछिल्लो पुस्ताका जम्दै गरेका निर्देशक दीपेन्द्र घिमिरेको निर्देशनमा तयार हुँदै गरेको म्यूजिक भिडियोमा मोडल आर्जु खरेललाई एक्सनको दृश्य सिकाउँदै गर्दाको एउटा चर्चा थियो । लक्ष्मण जोशीको स्वर रहेको उक्त गीतमा अनिल शाहीले संगीत भरेका छन् । जुन गीतमा आर्जु खरेल र लक्ष्मण जोशीले मोडलिङ गरेका छन् भने रक्की महर्जनको सम्पादन एवं नवीन श्रेष्ठको छायाँकन रहेको छ । म्यूजिक भिडियोलाई नैकाप र दहचोकको रमणीय दृश्यहरुमा कैद गरिएको छ ।

dipendra-aarju (9) dipendra-aarju (7) dipendra-aarju (6) dipendra-aarju (5) dipendra-aarju (4) dipendra-aarju (3) dipendra-aarju (1) dipendra-aarju (11)

dipendra-aarju (10)

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु