निर्देशक भट्टको अगुवाईमा दुई सय घरधुरीलाई राहत

म्यूजिक खबर
प्रकाशित: २१ जेष्ठ २०७२, बिहीबार

ताकुकोट, गोर्खा । पछिल्लो समयका चर्चित निर्देशक प्रकाश भट्टको अगुवाईमा गोर्खाको ताकुकोट गाविसका करिब दुई सय घरधुरीलाई राहत प्रदान गरिएको छ । गुरुदेव श्री राहुलेश्वरानन्द श्री महाराज अध्यक्ष रहेको पद्मश्री सिद्धयोगपिठ च्यारिटेवल ट्रष्ट मुम्बईबाट प्राप्त भएको सामग्रीलाई श्री शिवशक्ति राहुलेश्वरानन्द फाउन्डेसन नेपाल तथा शिवसेना नेपालको पूर्ण सहकार्यमा गोरखाको ताकुकोट गाविस वडा नंं. १ का दलित तथा अन्य समुदायका करिब दुई सय घरधुरीलाई बितरण गरिएको थियो । राहत कार्यक्रममा फाउन्डेसनका पदाधिकारी डा.अरुणाव ठाकुर, शिवसेना नेपालका केन्द्रिय अध्यक्ष अनिल बस्नेत तथा अन्य पदाधिकारीको साथमा निर्देशक भट्ट, हरिश्चन्द्र भट्टको उपस्थिति रहेको थियो । प्रति परिवार २५ केजी खाद्यन्न बितरण गरिएको भट्टले म्यूजिक खबरलाई जानकारी दिए ।

prakash4 prakash3

prakash2

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु