नेपथ्यको साङ्गीतिक यात्रा

म्यूजिक खबर
प्रकाशित: १७ मंसिर २०७०, सोमबार
विराटनगर, १७ मङ्सिर । नेपथ्यले ‘शान्तिका लागि शिक्षा सङ्गीत यात्रा–२०७०’ अभियान सञ्चालन गर्ने भएको छ । मङ्सिर २१ गते चितवनवाट सुरु भई २३ गते मोरङको विराटचोक र २५ गते झापाको दमक समेतका अन्य १० स्थानमा कार्यक्रम सञ्चालन गर्ने आयोजकले जानकारी दिएको छ ।
यो संस्थाले यसअघि सन् २००० देखि २०१२ सम्ममा ‘शान्तिका लागि शिक्षा र सुन्दर शान्त नेपाल’ दुई वटा अभियान सम्पन्न गरिसकेको छ । राजनीतिमा फरक विचारधारा, लडाईं बन्द र हिंसाको चपेटामा परेका बालबालिकालाई ढुक्कसँग पढ्ने वातावरण सिर्जना गर्नु यात्राको उद्देश्य रहेको संयोजक अर्जुन राईले बताए । कार्यक्रमबाट सङ्कलन भएको रकम बालबालिकाको हितमा खर्च गर्ने आयोजकले जानकारी दिएका छन् ।
फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु