नेपाली तारा दोस्रो राउन्डमा छान्यो ४० जना

म्यूजिक खबर
प्रकाशित: १२ कार्तिक २०७१, बुधबार

काठमाडौं, १२ कार्तिक । नेपलाको गायन प्रतिभाको खोजिलाई निरन्तरता दिंदै सबैभन्दा ठूलो गायन रियालिटि सो कोका–कोला नेपाली तारा ३, दोस्रो चरणको पियानो राउण्डमा पुगेको थियो । दोस्रो चरणमा २३४ प्रतियोगिहरु सहभागी भएका थिए तर प्रसिद्ध उपाधि जित्ने होडका जम्मा ४० जना प्रतियोगिहरु मात्र छानिएका छन् । यो रियालिटि सो एनसेलसंगको सहकार्यमा कोका–कोलाले प्रायोजन गरेको छ । साथै यसमा डिसहोम, शिखर सुको सह–प्रायोजन रहेको छ भने र सोसिएल मिडिया पार्टनर रुपमा मास्टरपीस र म्युजिक पार्टनरको रुपमा रोयल स्ट्याग मेगा म्युजिक रहेको छ । जियोनि मोबाइल कोका–कोला नेपाली तारा ३ कोआधिकारीक मोबाइल पार्टनर रहेको छ ।
वरिष्ठ संगित निर्देशक प्रकाश गुरुङ, वरिष्ठ संगित कम्पोजर र गीतकार शुरेस अधिकारी र प्रशिद्ध गायक राम कृष्ण ढकाल प्रतियोगिताका जज हुन्। जजहरुको आगामी प्रतियोगीताका लागि उत्साहीत छन् किनकि यस वर्ष प्रतियोगिहरु प्रसिद्ध टाइटल जित्नका लागि पूर्ण तयारिका साथ कटिबद्ध रहेका छन् ।
विभिन्न परिवेशबाट आएका प्रतियोगिहरुले कोका–कोला नेपाली ताराको तेस्रो संस्करणको पियानो राउण्डमा प्रदर्शन गरे, यस मध्यका एक शैक्षिक समाजसेवी प्रभु विक्रम थापा थिए । थापा बालाजुमा  अफैंले स्थापना गरेका स्कुलका प्रध्यापक हुन् जहाँ उनले महत्वकांक्षी विद्यार्थीहरुलाई मात्र रु.१००मा शिक्षा प्रदान गर्दै आएका छन्, यस्तै गरि ट्राफिक पुलिस अफिसर ग्यानेन्द्र दाहालले पनि अडिसन दिएका थिए । यस्तै गरि  कर्मा सामतेन गुम्बाका भिक्षु तासि फुन्जो गुरुङले पनि प्रतियोगिताको पियानो  राउण्मा सहभागीता जनाएका थिए ।
चितवनका १४ वर्षिय महत्वकांक्षी सांगीतिक प्रतिभा लक्ष्मण चापागाईंले पियानो राउण्मा उत्कृष्ट प्रर्दशन गरि अन्तिम ४०मा छनौट भएका छन् । चापागाईँका बुवा एक बिद्यालयमा प्रधानाध्यापक छन् र उनले नै आफ्ना छोरालाई कोका–कोला नेपाली तारा ३ मा अडिसन दिन प्रेरित गरेका हुन । यि महत्वकांक्षी प्रतिभा मध्य का तीन जना केटीहरु माइती नेपालबाट अएका थिए, जुन अनुुराधा कोइरालाद्वारा संचालित एक सामाजीक संगठन हो जसले मानव बेच विखन विरुद्ध संघर्स गर्न समाजलाई उत्प्रेरि गर्दै आएको छ । पूजा परियार, राज कुमारी थापा र देवी रोक्का माईती नेपालको Child Protection Center मा आश्रित रहेका छन् र पियानो राउण्डका लागि अडिसन दिएका थिए । पूजा परियार अन्तिमा २०मा छनौट भएकि थिइन् । यसैगरि सरिता पन्थि सुनुवार नेपाली तारा दोस्रो संस्करण कि प्रतियोगी थिइन् जो अन्तिम ४० मा पर्न असफल भएकि थिइन् ।  यद्यपि, यो वर्ष उनि नेपाली ताराको प्रसिद्ध उपाधि जित्ने होडमा अन्तिम ४०मा पर्न सफल भएकि छिन् । ( प्रतियोगीहरुको विस्तृत जानकारी एनेक्समा उपलब्ध छ )
निर्णायक राम कृष्ण ढकाल भन्छन् “अडिसन राउण्ड देखि अहिले सम्म, हामीलाई छनौट गर्ने धेरै गाह्र भएको छ किनकि प्रतियोगीहरु उत्कृष्ट छन् । यद्यपि हामी प्रतियोगीहरुबाट अझै धेरै आशाबादी रहेका छौं । पियानो राउण्ड प्रतियोगीहरुका लागि निकै कठिन थियो तर उनिहरु हाम्रो भरोसा जिते र उनिहरुले प्रतियोताभरी यस्तै दृढनिश्चय र समर्पन देखाउने छन् भन्ने कुरामा हामी आशाबादी छौं ।”
कोका–कोला नेपाली तारा ३ को अडिसन २ सेप्टेम्बर २०१४ धरानबाट सुरु भएको थियो।
प्रतियोगिताको विजेताले एउटा मोटरसाइकल लगाएत रु. २५०,००० नगद पुरस्कार र कोका–कोला नेपाली ताराको रुपमा ३ वटा गाना गाउने अवसर पाउनेछन् जसको ३ वटा म्युजिक भिडियो बनाइने छ । अन्तिम १० प्रतियोगिहरु प्रत्येकले रु.११००० नगद पुरस्कारका साथ विशेष टप १० एल्वममा एउटा गाना गाउने अवसर पाउनेछन् । कोका–कोला नेपाली ताराको विजेताले डिजिटल कि प्रोडक्सनले प्रायोजनमा अस्टे«लिया ट्रिपमा जाने अवसर पाउनेछन् जबकि २ सर्वोत्कृष्ट विजेताहरुले थर्ड आइ युकेको प्रायोजनमा लन्डन ट्रिपमा जाने अवसर पाउनेछन् । अन्तिम ३ मा पर्न सफल हुने प्रतियोगीहरुले जियोनि मोवाइलबाट विश्वको सबैभन्दा पातलो मोवाइल फोन प्राप्त गर्नेछन्  ।
दर्शकहरुको सुविधालाई ध्यानमा राखेर कोका–कोला नेपाली तारा ३ को सम्पूर्ण श्रृखंलाहरु THT Live को Youtubeच्यानलमा अपलोड गरिएको छ ।
contestant performing for Coca-Cola Nepali Tara 3

समाज सेवा र सांगीतिक प्रतियोगीताको मेल
२६ वर्षका प्रभू विक्रम थापाको संगीत प्रति निकै रुचि छ । उनी यस पालीको नेपाली ताराको पियानो राउण्डका प्रतियोगी पनि हुन । तर उनको विशेषता यसमा मात्रै सिमित छैन । संगीतका साथै थापा नेपालको शैक्षिक प्रणाली सुधारमा पनि तत्पर छन् । संसारभरि सबैले पढ्न पाउनुपर्छ भन्ने उनको विश्वास छ । यसै भावनाबाट प्रेरित हुँदै आफ्ना बुवासँग मिलेर उनले ६ वर्ष अधि “शुभ प्रभात स्कुल” नामक अंग्रेजी माध्यमको विद्यालयको स्थापना गरेका छन् । उनले आफनो विद्यालयमा केवल रु १०० मासिक शूल्क लिएर विद्यार्थीहरुलाई शिक्षा प्रदान गर्दै आएका छन् ।

नेपाली तारामा ट्राफिक पुलिसको गायन
हामीले ट्राफिक पुलिसहरुलाई घच्चा–घमासानका बिच शहरका विभिन्न भागहरुमा सिठ्ठी बजाउँदै र नियम मिच्ने चालकहरुलाई कराउँदै देखेका छौँ । तर हामी कति जनाले ट्राफिक पुलिसहरुले सुमधुर आवाजमा गीत गाएको सुनेका छौँ ? ट्राफिक पुलिस ज्ञानेन्द« दाहालले यसलाई साकार रुप दिएका छन् । परम्परागत सामाजिक विचार तोड्दै, दाहाल कोका–कोला नेपाली तारा ३ मा अडिसन दिन आए । जजहरुले उनको सुमधुर आवाजको निकै बयान गरे र उनी प्रतियोगीताको दोस्रो चरणका लागि चयन पनि भए ।

बौद्ध मन्त्र देखि पप संगीतसम्म
तासी फुन्जो गुरुङ्ग कर्मा साम्तेन गुम्बामा बस्ने एक सामान्य भिक्षु हुन । गुम्बामा रहेका अन्य भिक्षुहरु सरह उनी पनि हरेक दिन मन्त्र पढ्छन र आफुलाई बौद्ध धर्मप्रति समर्पित गरेका छन् । तर हालैमा गुरुङ्गले प्रमाणित गरेका छन् कि उनको संगीतिक कौशल बौद्धिक मन्त्रहरुमा मात्रै सिमित छैन । कोका–कोला नेपाली तारा ३ को पियानो राउण्डमा प्रतिस्पर्धा गर्दै उनले नेपाली पप क्षेत्रको प्रसिद्ध गीत “लैजा रे” गाएर सबैको मन जितेका थिए । प्रतियोगीताको अन्तिम ४०माआफुलाई अघि बढाउन नसके पनि उनले प्रमाणित गरेका छन् कि आफनो सपनाको पछि लाग्ने हिम्मत भए त्यसलाई साकार पनि पार्न सकिन्छ ।

नेपाली ताराका साना सनसनी
चित्वनका १४ वर्षिय लक्ष्मण चापागाईँ यस वर्षको नेपाली ताराका दमदार प्रतियोगी हुन । चापागाईँका बुवा एक बिद्यालयमा प्रधानाध्यापक छन् र उनले नै आफ्ना छोरालाई कोका–कोला नेपाली तारा ३ मा अडिसन दिन प्रेरित गरेका हुन । अडिसनदेखि नै लक्ष्मण चापागाईँलाई प्रतियोगीताका सबै जजहरु र दर्शकहरुले निकै प्रशंशा गरेका छन् । यति सानो उमेरमा यति ठूलो प्रतियोगीतामा प्रतिस्पर्धा गरेकोमा उनलाई सबैले सह«ाएका छन् ।

कहिल्यै हार नखानु
नारायणगढमा अडिसन दिन आएकी सरिता पन्थी आफ्नो निष्ठा र कटिबद्धताले गर्दा धेरैका लागि प्रेरणाको श्रोत बनेकी छिन् । सुनार नेपाली ताराको दोस्रो सिजनमा पनि प्रतियोगी थिइन र अन्तिम ४० सम्म पुगेकी थिइन । तर उनले नेपाली ताराको टाइटल जित्ने सपना छोडिनन् र यस पटकको संस्करणमा पनि अडिसन दिन आइन । यस वर्ष पनि उनी अन्तिम ४० सम्ममा छानिएकी छिन् ।

नेपाली तारामा माइती नेपाल
यस पटकको कोका–कोला नेपाली तारा ३ मा अडिसन दिन आएका महत्वाकांक्षी प्रतियोगीमध्ये माइती नेपालका तीन सुन्दर र प्रतिभाशाली सदस्हरु पनि छन् । माइती नेपाल CNN Hero of the Year 2010 अनुराधा कोइरालाद्वारा संचालित एक सामाजिक संस्था हो र यसले समाजमा मानव बेचविखनको क्षेत्रमा जागरुकता फैलाउने काम गर्दछ । पूजा परियार, राज कुमारी थापा र देवी रोक्का माइती नेपालको Child Protection Centre का सदस्य हुन र माइती नेपालकै टेरेसा एकेडेमीमा अध्ययनरत छन् । तीनै जनाले कोका–कोला नेपाली तारा ३ को पियानो राउण्डमा अडिसन दिएका थिए र उनीहरुको जज र दर्शक सबैले प्रशंशा गरेका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु