नेपाल म्यूजिक अवार्डमा राष्ट्रकविलाई लाइफटाइम, नयाँको बर्चश्व

म्यूजिक खबर
प्रकाशित: २३ बैशाख २०७५, आईतवार

२३ बैशाख, काठमाडौं । हिजो राजधानीमा सम्पन्न भएको नेपाल म्यूजिक अवार्डमा राष्ट्रकवि माधवप्रसाद घिमिरे ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’बाट सम्मानित गरियो । चाहाना मिडिया प्रालिद्वारा आयोजित नेपाल म्युजिक अवार्डअन्तर्गत राष्ट्रकवि घिमिरेलाई ५१ हजार १ सय ५१ रुपैयाँसहित लाइभ टाइम अचिभमेन्ट अवार्डबाट सम्मान गरिएको हो । अवार्डमा राष्ट्रकवि भने उपस्थित थिएनन् ।
यस्तै वरिष्ठ लोकगायक बुद्धिकृष्ण लामिछानेलाई नगद ११ हजार १ सय ५१ रुपैयाँसहित ‘लोक साहित्य सम्मान’ प्रदान गरियो । सो अवसरमा प्राज्ञ एवं लोकगायिका हरिदेवी कोइरालालाई समेत विशेष सम्मान गरियो ।

नेपाल म्युजिक अवार्डमा नयाँहरुको बर्चश्व रहेको थियो । धेरैजसो विधाहरुमा नवप्रतिभालाई प्राथमिकतामा राखिएको थियो । कम्तिमा पाँच वर्ष सांगीतिक क्षेत्रमा काम गरेकालाई उत्कृष्ट र पाँच वर्षभन्दा कम समयदेखि यस क्षेत्रमा क्रियाशील संगीतकर्मीलाई ‘सर्वोत्कृष्ट नवप्रतिभा अवार्ड’ प्रदान गरिएको अवार्डका संयोजक सहदेव कोइरालाले बताए ।
सामान्य प्रसाशन मन्त्री लालबाबु पण्डितको प्रमुख आतिथ्यतामा भएको उक्त अवार्डमा लोकदोहोरी क्षेत्रका कलाकारको उपस्थिति बाक्लो थियो भने आधुनिक क्षेत्रका कलाकारहरुको उपस्थिति न्यून देखिन्थ्यो । कार्यक्रम होटल अन्नपूर्णको प्रांगणमा भएको थियो । ३८ विधामा मनोनयनमा परेका कलाकारहरुबाट १४ विधामा नवप्रतिभाहरुले अवार्ड चुमेका थिए ।

क–कसले अवार्ड चुमे

उत्कृष्ट मोडल महिला आधुनिक पप
प्रियंका कार्की – ‘लाइदेउन मायाले’

उत्कृष्ट मोडल पुरुष आधुनिक पप
निराजन प्रधान – ‘अलग अलग’

उत्कृष्ट मोडल महिला लोकदोहोरी
रन्जिता गुरुङ – ‘हे भगवान’

उत्कृष्ट नव मोडल महिला लोकदोहोरी
करिष्मा ढकाल – ‘लाहुरेको छोरीले’

उत्कृष्ट नव मोडल आधुनिक पप
श्रीष्टि खड्का (‘ कहिले तिम्रो’

उत्कृष्ट नव मोडल पुरुष आधुनिक पप
देबेन्द्र क्षेत्री – ‘नचाहेरै तिमिसंग’

उत्कृष्ट नवमोडल पुरुष लोकदोहोरी
आशिर प्रताप – ‘आँशुको कारखाना’

उत्कृष्ट गायिका लोकदोहोरी
बिष्णु माझी – ‘आशुको कारखाना’

उत्कृष्ट गायिका आधुनिक पप
अन्जु पन्त – ‘छुटेउ भने’

उत्कृष्ट नवगायक लोकदोहोरी
खेम सेन्चुरी – ‘तामे करुवा’

उत्कृष्ट नवगायक आधुनिक पप
ज्ञान सुब्बा – ‘यति धेरै’

उत्कृष्ट नवगायिका लोकदोहोरी
सम्झना भण्डारी – ‘छिन छिन बज्ने चुरा’

उत्कृष्ट नवगायिका आधुनिक पप
पुर्णिमा लामा – ‘तिम्रो यौटा’

उत्कृष्ट मोडल पुरुष लोकदोहोरी
महेन्द्र गौतम – ‘हे भगवान’

उत्कृष्ट संगीत आधुनिक पप
काली प्रसाद बास्कोटा – ‘सुन साइली’

उत्कृष्ट नवगीतकार लोकदोहोरी
केशब घिमिरे – ‘अन्धोपनको माया’

उत्कृष्ट नवगीतकार आधुनिक पप
शिव पौडेल – ‘तिम्रो बोली’

उत्कृष्ट नवसंगीतकार लोकदोहोरी
ऋषि खड्का – ‘भाग्य’

उत्कृष्ट नवसंगीतकार आधुनिक पप
ऋषि खड्का – ‘घरको धुरी’

उत्कृष्ट गायक लोकदोहोरी
पुस्कल शर्मा – ‘फ्यान’

उत्कृष्ट गायक आधुनिक पप
प्रमोद खारेल – ‘म बाचेको’

उत्कृष्ट छायाँकार लोकदोहोरी
करन चैसिर – ‘धौलागिरी हिमाल’

उत्कृष्ट छायाँकार आधुनिक पप
अर्जुन तिवारी –‘यति धेरैमाया’

उत्कृष्ट निर्देशक लोकदोहोरी
कपिल लामा – ‘बरु यसै दुखि छु’

उत्कृष्ट सम्पादक लोकदोहोरी
दिपक विस्ट – ‘छिन छिन बज्ने चुरा’

उत्कृष्ट सम्पादक आधुनिक पप
निशान घिमिरे – ‘यति धेरै’

उत्कृष्ट संगीत संयोजक
हेमन्त शिशिर – ‘यति धेरै’

उत्कृष्ट रेकर्डिष्ट
श्याम स्वेत रसाइली – ‘प्रिज्मरेकर्डिङ्ग स्टूडियो’

उत्कृष्ट नव निर्देशक
मौसम हिमाली – ‘प्यार प्यार’

उत्कृष्ट म्यूजिक कम्पनी
सुनिल लामिछाने – ‘गोर्खा चौतारी’

उत्कृष्ट निर्देशक आधुनिक पप
बिशाल भण्डारी ‘यति धेरै’

उत्कृष्ट राष्ट्रिय एवं सांस्कृतिक गीत
बिनोद बाजुराली– ‘प्रदेश नम्बर ७’

उत्कृष्ट लोकगीत
राम प्रसाद पौडेल– ‘मेरी आमा’

उत्कृष्ट आधुनिक पप गीत
हेमन्त राना– ‘सुन साइली’

उत्कृष्ट लोकदोहोरी
मौषम गुरुङ– ‘अन्धोपनको माया’

उत्कृष्ट शब्द लोकदोहोरी
शिव हमाल ‘खादै नखाको बिष’

उत्कृष्ट शब्द आधुनिक पप
रमेश बिजी – ‘म हुरीमा दियो’

उत्कृष्ट संगीतकार लोकदोहोरी
कस्तुप पन्त ‘डाली सुकेर’

इन्करेजमेन्ट अवार्ड एक्टर
अनु पराजुली

इन्करेजमेन्ट अवार्ड सर्जक
केशव सापकोटा

इन्करेजमेन्ट अवार्ड नव डाइरेक्टर
काजिस श्रेष्ठ

उत्कृष्ट अनलाईन च्वाइस अवार्ड
पल शाह

उत्कृष्ट एसएमएस अवार्ड
शंकर बिसी

जुरी अवार्ड
रामजी खांड

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु