नेपाल संगीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार–२०७२

म्यूजिक खबर
प्रकाशित: १४ असार २०७३, मंगलवार

काठमाडौं, सोमबार काठमाडौंको कमलादी स्थित प्रज्ञा प्रतिष्ठानमा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले ‘नेपाल संगीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार–२०७२’बाट चार अग्रज श्रष्टालाई पुरस्कृति गरेको छ । उक्त पुरस्कार प्रधान कार्यक्रममा नेपालकी प्रथम महिला राष्ट्रपति विद्यादेवी भण्डारीले संगीत र नाट्य क्षेत्रका चार स्रष्टालाई सो पुरस्कार प्रदान गरिन् । जनही एक लाख एक रुपैयाँ राशी रहेको संगीत तर्फको ‘नेपाल संगीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार–२०७२’ बेला बादनका संगीत प्रविण गोपालनाथ योगीलाई प्रदान गरियो । कुमारी ब्याले, शीब पार्वती व्याले, चण्डालिका व्याले अन्नपूर्ण व्याले जस्ता विभिन्न संगीत सृजना गरेका योगीले नेपाली शास्त्रीय संगीतमा पाँच दशक लामो योगदान पु¥याएबापत सो पुरस्कार प्रदान गरिएको हो । यस्तै पाँच दशक देखि मैथिली नाटक लेखन, मञ्चन, निर्देशनमा निरन्तर योगदान पु¥याएका नाट्यकर्मी महेन्द्र मलङ्गीयालाई नाटक तर्फको ‘नेपाल संगीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार–२०७२’ प्रदान गरियो । पाँच दर्जन नाटक लेखेका उनले त्यत्तिकै नाटकको निर्देशन र अभिनय गरेका छन् । यस्तै नेपाली नाटकमा निरन्तर चार दशक देखि अभियन र निर्देशनमा सक्रिय रहँदै आएकी शकुन्तला गुरुङ शर्मालाई नाटक अभिनय तर्फको ‘नेपाल संगीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार–२०७२’ प्रदान गरियो । तीन दर्जन नाटकमा अभिनय गरेकी उनले एक दर्जन नाटकको निर्देशन र दुई दर्जन चलचित्रमा अभिनय गरेकी छिन् । यस्तै पाँच दशक देखि निरन्तर लोक गीत सँगीत सृजना, संकलन संरक्षणमा योगदान पु¥याएको भन्दै अग्रज लोकगायक प्रचण्डबहादुर बुढाथोकीलाई लोकसंगीत तर्फको ‘नेपाल संगीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार–२०७२’ प्रदान गरियो । बुढाथोकीका हाम्रा गीतहरु, जनताका गीतहरु सहित आधा दर्जन लोक गीतिसँग्रह तथा विभिन्न पुस्तक प्रकाशित छन् । राष्ट्रपति भण्डारीले पुरस्कृति स्रष्टालाई पुरस्कार प्रदान गर्दै यस्तो सम्मानले सर्जकलाई उत्साहित तुल्याउँदै सृजना र साधनामा लाग्न अझ प्रेरित गर्ने बताईन् । उनीहरुलाई सम्मानित गर्नु राष्ट्रको दायित्व भएकाले नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले सो दायित्वलाई निर्वाह गर्दै सम्मान परम्परा थालनी गरेर सराहनीय कार्य गरेको बताईन् । यस्तै संस्कृति मन्त्री आनन्द प्रसाद पोखरेलले नेपाली संगीत तथा नाट्य क्षेत्रमा आजिवन योगदान दिएका अग्रज स्रस्टालाई प्रतिष्ठानले पुरस्कृत गरेको छ भने । यी अग्रज स्रष्टाको योगदानलाई कदर गर्दै उनीहरुले निर्माण गरेको मार्गमा नयाँ पुस्ता लागेर उनीहरुको कामलाई निरन्तर अगाडि बढाउँनु पर्नेमा मन्त्री पोखरेलले जोड दिए । यस्तै नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति भक्त श्रेष्ठ (सरुभक्त)ले संगीत नाटक र नृत्य नेपाली जनजीवनको अभिन्न अँग भएकाले यी मौलिक कला संस्कृतिको सृजना र संरक्षणमा योगदान पु¥याएका अग्रज स्रष्टालाई पुरस्कृति गर्नु प्रतिष्ठानको दायित्व हो भने । सोही दायित्व अन्तर्गत गत वर्ष यो पुरस्कार स्थापना गरेर वर्षेनी यो पुरस्कार प्रदान गर्ने परम्परालाई अगाडि बढाएको कुलपति सरुभक्तले बताए । यस्तै सो प्रतिष्ठानका उपकुलपति शम्भुजीत बासकोटाले पुरस्कृति स्रस्टाहरुको योगदानको चर्चा गर्दै नेपाली गीत संगीत नृत्य, नाटक जस्ता कलालाई गरिमामय बनाउँदै सम्बन्धित स्रष्टाको योगदानलाई राष्ट्रसँग जोडने यो पुरस्कारले मद्धत पु¥याएको छ भने । हाल जनही एक लाख एक रुपैयाँ प्रदान गरिएको यो पुरस्कारको लागि आगामी दिनमा अझ बढाउँदै लैजाने पनि उनले जानकारी गराए ।

Satyan Shrestha Photography

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु