नेम्वाङद्वारा झुण्डिएर आत्महत्या

म्यूजिक खबर
प्रकाशित: २१ कार्तिक २०७१, शुक्रबार

काठमाडौ । चलचित्र तथा म्युजिक भिडियो निर्देशक आलोक नेम्वाङद्वारा आफ्नै घरमा झुण्डिएर आत्महत्या गरेका छन् । धापासीस्थित घरमा झुण्डिएको अवस्थामा उनी फेला परेको आफन्तले जनाएका छन् । विहीबार राति ८ बजे उनी मृत फेला परेको आफन्तले बताएका छन् ।

साँझको समयमा बाथरुमको ढोकामा  झुण्डिएर उनले आत्महत्या  गरेको मोडल निराजन प्रधानले बताएका छन् । निराजनका अनुसार केही दिनदेखि आलोक निकै फ्रष्टेड थिए । ‘मैले पाँच बजे तिर दाई आउँदैछु भनेर फोन गरेँ । त्यसको केही बेर पछि उहाँसंग फोन हुँदा पुनः उठेन र आईपुग्दा बाथरुममा त्यस्तो अवस्थामा देखे’  निराजनले रुँदै भनेका छन् ।

आलोक विगत चार महिना देखि गंगबु २  स्थित ग्रयाण्ड डि भिल्ला हाउजिङमा बस्दै आएका थिए । गायक नविन के भट्टर्राईको ‘लाखौ पटक मैले कोसिस गरे’ बोलको गीतको म्यूजिक भिडियोबाट आफ्नो निर्देशन यात्रा थालेका नेम्वाङले ‘कसको आँखा लाग्यो बरै’, ‘न बिर्सें तिमीलाई नपाएँ तिमीलाई’ जस्ता दर्जनौं म्युजिक भिडियोको निर्देशन गरेर ख्याति कमाएका नेम्वाङको अन्तिम निर्देशित चलचित्र ‘अझैं पनि’ फागुन १५ गते रिलिज हुने तयारीमा छ । अविवाहित उनले सानो संसार, कोही मेरोजस्ता चर्चित फिल्मको निर्देशनसमेत गरेका थिए । उनले ४ सय ५० वटा म्यूजिक भिडियो निर्देशन गरिसकेका छन् ।
अमेरिकामा ६ बर्षपर्फमङ आर्ट, थ्रिएटर,  सिनेमा र कोरियोग्राफी विषयको कोर्स गरेर फर्किएका आलोक एउटा कुसल कोरियोग्राफर पनि हुन । म्यूजिक खबर डटकम उनको मृत आत्माको चीर शान्तिका कामना गर्दै हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु