न्यूयोर्कमा गुन्जिए प्रेमका गीत

म्यूजिक खबर
प्रकाशित: ९ फाल्गुन २०७१, शनिबार

न्यूयोर्क । नेपाली कलाकारहरु विदेशमा रहेर पनि नेपाली संगीतलाई प्रेममय रुपमा पस्कँदै आएका छन् । प्रणय दिवसको अबसरमा गत फेब्रुअरी १४ शनिबारका दिन न्युयोर्कको ज्याक्सन हाइटस्थित चौतारी रेस्टुरेन्टमा प्रेममय गीतसंगीतको साथमा संसारलाइ प्रेममय बनाउँ भन्दै बिशेष सांगीतिक कार्यक्रमको आयोजना गरेका छन् । पुरानो नेपाली चलचित्र सम्झनाको ूगहिरो(गहिरो सागर जस्तैूगीतबाट बिमल डाँगी र गीता बिर्लाकोटिले सांगीतिक प्रस्तुतिको शुरुवात गरे भने नरेन्द्र प्यासी र बिस्व तेञ्जिङ्गले कार्यक्रमलाई अगाडी बढाए । उक्त कार्यक्रममा सपना श्री, यम बराल, नर बहादुर दाहाल, जगदीश समाल, अन्जना गुरुङ, गम्बु शेर्पा, सुमन बुढा मगर, मधुर गिरि, मीरा गुरुङ, बसन्ती राइ, सुबर्ण शाक्य र प्रेम सेन्चुरि आदिको प्रस्तुति रहेको थियो ।

सो सांगीतिक कार्यक्रमलाइ सफल बनाउनका लागि ओग्याल लामा, चन्द्रमान गुरुङ, राजेश आचार्य, पदम गुरुङ, प्रेम गुरुङ, चौतारी रेस्टुरेन्ट, गोविन्द श्रेष्ठ, सुरज अधिकारी, दावा शेर्पा तथा भिम्स क्याफे लगायतको बिशेष सहयोग रहेको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु