चैत २३, काठमाण्डौ । गायक बद्री पंगेनी र गायिका मालती खरेलको लोकदोहोरी गीत हाँसी हाँसी जीउँला बजारमा आएको छ । अड्कलेको मायाले पुग्दैन पानी खाँदा मूल कहिल्यै सुक्दैन हाँसी हाँसी जीउँला पिर नगर पिरती थपीथपी दिउँला जस्ता मार्मिक शब्दहरुमा मायाप्रेमकै कथावस्तुमा लेखिएको छ । मायाप्रेमकै सेरोफेरोमा आधारित रहेर तयार पारिएको यस गीतलाई एकनारायण भण्डारीले लय र शब्द सिर्जना गरेका छन् ।
सितारा म्यूजिकको प्रस्तुतिमा बजारमा आएको यस गीतको म्यूजिक भिडियोलाई भने प्रकाश भट्टले निर्देशन गरेका छन् । करण चैंसिरको छायाँकन रहेको यस भिडियोलाई विष्णु शर्माले सम्पादन गरेका छन् । प्रेम थापा र करिश्मा ढकालको अभिनय रहेको यस म्यूजिक भिडियोलाई साइभिजन प्रालिले पोष्ट प्रोडक्सन गरेको हो ।