पञ्चेबाजा बजाउँदै सन्तोष

म्यूजिक खबर
प्रकाशित: २५ कार्तिक २०७३, बिहीबार

उमेरको कुरा नगरौं पञ्चेबाजा बजाउनका लागि मनले आँटे पुग्छ । ४० नकटेपछि पञ्चेबाजा बजाउने उमेर भर्खरै भएजस्तो लाग्छ । त्यसैले पनि होला संगीतकार सन्तोष श्रेष्ठले अब बल्ल पञ्चेबाजा बजाउँदैछन् । कार्तिक सकिँदो मंसिर लाग्दो बेलामा यसरी पञ्चेबाजा बजाउन लाग्दा कुनै नौलो कुरा पनि भएन क्यारे तर विचार गर्नुपर्ने भने अवश्य देखिन्छ ।

nepali-movi-preem-rakashk-ganesh-belbase-650x369
वास्तविकतामा संगीतकार श्रेष्ठले पञ्चेबाजा बजाएर अर्को विहे भने गर्न लागेका होइनन् उनले त चलचित्र ‘प्रेम रक्षक’को लागि ‘पञ्चे बाजा घन्काउँदै’ वोलको पञ्चे बाजाको गीत तयार गरेका मात्र हुन् ।
सुगम संगीतमा चर्चाको शिखरमा रहेका संगीतकार सन्तोष श्रेष्ठले चलचित्र संगीतमा भने नयाँ प्रयोग गरेका हुन् । यो गीतमा पाश्चात्य, भारतीय र नेपाली बाजाहरुको मिश्रण गरेर नौलो धुन बनाएका छन् । गीतमा पञ्चेबाजाले अलि धेरै महत्व पाएको छ ।

पञ्चे बाजालाई प्रयोग गरेर दर्शक स्रोतालाई मनोरञ्जन दिने गरी तयार पारिएको गीत हो यो’ संगीतकार श्रेष्ठले भने ‘गीत बज्यो भने दर्शक स्रोतालाई नाँचुनाँचु लाग्ने गरेर बनाइएको छ ।’ पञ्चे बाजा लगायतका बाद्यवादनका मिश्रण र फ्युजनले गीत अत्यन्तै चट्किलो र सुन्दर बनाएको उनको दाबी छ ।
‘प्रेम रक्षक’ अभिनेता गणेश बेलवासेले बनाउन लागेको दोस्रो चलचित्र हो । यस अगाडी गणेशले ‘उहीले बाजेको पालामा’ निर्माण गरेका थिए । चलचित्रका अधिकांस गीतहरु रेकर्ड भइसकेका छन् । पञ्चे बाजालाई गीतसंगीतमा राख्ने चलन हराउँदै गइरहेका बेला निर्माता बेलवासे र संगीतकार श्रेष्ठले जोखिम मोलेर आफ्नो गीतमा पञ्चे बाजालाई फ्युजन गरी समावेश गरेका हुन् ।

‘पहिला जस्तो छैन’, संगीतकार श्रेष्ठले थपे, ‘पञ्चे बाजा राखेर पनि गीत राम्रो बनान सकिन्छ भन्ने सन्देश दिन पनि यो जोखिम मोलिएको हो ।’

निर्माता बेलवासेले पनि ‘प्रेम रक्षक’ चलचित्रमा पञ्चेबाजालाई पनि नयाँ पुस्ताले थाहा पाओस् भनेर राखिएको बताए । गीतमा गायिका सुरुची पन्थी र गायक भुपु पाण्डेको स्वर रहेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु